arrow

केन्द्रीय समिति बैठक : कांग्रेसको विधान संशोधन

महाधिवेशनको तिथि यथावत

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
congress-party-office.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसले प्रदेशबाट दुई जना केन्द्रिय सदस्य आउने गरी विधान संशोधन गरेको छ । अञ्चल र जिल्ला हटाएर कांग्रेसले प्रदेशको अवधारणा पारित गरेको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पारित गरेको केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए । 
 
केन्द्रीय समिति बैठकले विधान संशोधनको प्रस्तावमा उल्लेख प्रत्येक अञ्चलबाट १–१ केन्द्रीय सदस्य रहने प्रावधानलाई संशोधन गर्दै प्रत्येक प्रदेशबाट २–२ रहने बनाउने व्यवस्थालाई पारित गरेसंगै पदाधिकारी नबढ्ने भएका छन् । आसन्न १३औं महाधिवेशनबाट कांग्रेस केन्द्रिय समिति ८५ सदस्यीय रहने भएको छ । विधान संशोधनमा ९७ सदस्यीय समितिको प्रस्ताव थियो । 
 
पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको छ । यो नीति तथा कार्यक्रम महाधिवेशनमा प्रस्तुत हुने बताइएको छ । यसैगरी महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन समेत बैठकले पारित गरेको केन्द्रिय सदस्य थापाले जानकारी दिए । 
 
यद्यपि, केही पार्टी पदाधिकारीहरुले पार्टीको विधान यथावत रहने र अझै पार्टीको नीति तथा कार्यक्रम पारित भइनसकेको बताए । नेताहरुले यसमा सकारात्मक छलफल भएको सुनाए । पार्टी केन्द्रीय सदस्य प्रकाशसरण महतले बैठक यो कार्यकालको अन्तिम बैठक भएको बताए । 
 
महाधिवेशनको तिथि यथावत रहने निर्णय केन्द्रीय समितिले गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार महाधिवेशन उद्घाटन फागुन २० गने हुनेछ ।  निर्धारित समयमा अधिवेशन हुने भएपछि विशेष अतिथिलाई निम्ता पठाइसकिएको नेताहरुले बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ