लेटाङका मगर समुदायमा आधारित नाटक लिलामे माइलो हेर्न माइलाहरुलाई शुल्क नलाग्ने
मंसिर १४ देखि पुष ७ सम्म मञ्चन हुने
प्रकाशित २०७५ मंसिर १७ सोमबार
1k
Shares
काठमाडौं। लोक नाटक लिलामे माईलोको मंसिर १४ गते बाट मञ्चन सुरु भएको छ। नयाँ बानेश्वर थापागाउँ, सिडिओ टोलमा रहेको कुञ्ज थिएटरमा नाटक पुस ७ गते सम्म लाग्ने छ। नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ।
कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, मनोज थापामगर, संजिव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल, संगीता थापा, सुनिल तामाङ, ललित मगर, चक्र विष्ट, पारुहागं राई रहेका छन्। नाटकको प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगित परिचालन प्रकास घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफि डकुमेन्टेसन युसव गौतम, भेषभुषा दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट निर्मल साउद, प्रप्स निर्माण सन्जिव राई, पोष्टर प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापन पुष्पराज अवस्थी, पब्लिक रिलेसन पदम घिमिरे, डिजिटल मार्केटिङ फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को रहेको छ।
नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ। पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो। नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिए। नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताए। नाटक मौलिक र सामाजिक परिवेषलाई आधार बनाइको छ।
नाटकले यस अघिनै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युटुवमा सार्वजनिक गरेको थियो। नाटकको उत्कृष्ट ट्रोल भिडियो, पोष्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दार्जलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निशुल्क टिकटको पनि व्यवस्था गरेको छ। नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचार प्रसारको शैली पहिलो पटक अपनाईको जानकारहरु बताउँछन् । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए।
लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गरिएको छ।
चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनु पर्ने चरित्र माथीको भुमिका निभाउन सहज होस र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन बिधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगिएको थियो । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिएको छ ।
सामाजिक उत्तरदायीत्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाईएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निशुल्क देखाईएको थियो ।
लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । माइला भएर जन्मिएकाहरुले नाटक निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिए।
चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो