arrow

रोल्पाको थवाङमा एक पछि अर्को हत्या : गाडिएको शव उत्खनन्

logo
कविता उपाध्याय,
प्रकाशित २०७२ फागुन १६ आइतबार
thawang-1.jpg.jpeg
रोल्पा । रोल्पामा आफ्नै श्रीमतीको हत्या गरी जमिन मुनि गाडेको शव पोष्टमार्टमका लागि प्रहरीले उत्खनन् गरेको छ । थवाङ–९ रोल्पाका ४९ वर्षीय वीरवल बुढाले श्रीमतीको टाउकोमा बियरको बोत्तल प्रहार गरी हत्या गरेका खुलेको छ । ३१ वर्षीया सीता बुढाको हत्या भएको एक हप्ता बढी भएपनि शव भेटिएको थिएन । 
 
घटना फागुन ८ गते घटेको भएपनि इलका प्रहरी कार्यालय थबाङले १४ गते रातिमात्र घटनाका बारेमा थाहा पाएपछि थवाङबाट शव पोस्टमार्टमका जिल्ला अस्पताल ल्याइएको छ ।  यसरी श्रीमतीको हत्या पछि बुढाले आफ्नी श्रीमती भीरबाट लडेको भनी गाउँलेहरुलाई जानकारी गराई ९ गते रुकुमको महत गाविस स्थित जंगलमा लगि शव गाडेका थिए । 
 
घटनाबारे स्थानीय मार्फत प्रहरीलाई जानकारी भएपछि घर्तीगाउँबाट पनि प्रहरी टोली घटना स्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको सिंहले बताए  । प्रहरी नायब उपरीक्षक रमेश थापाका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ । हाल अभियुक्त बुढालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ, घटनाका बारेमा विस्तृत जानकारी पश्चात हत्यारालाई आवश्यक कारबाही हुनेछ । सदरमुकाम लिवाङबाट करिब २८ कोषको दुरीमा रहेको थवाङमा  केहीदिन अघिमात्र तीलकुमारी पुनले आफ्ना श्रीमान् र सासुको हत्या गरेकी थिइन् भने, बुहारीको कुटाइबाट ससुरा सख्त घाइते भएका थिए । 
 



नयाँ