arrow

क्यान्सरसँग जुधिरहेकी सोनाली बेन्द्रे फर्किइन् घर

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
sonali_bendre_sonali_bendre.jpg

काठमाडौं । क्यान्सरसँग जुधिरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे घर फर्किएकी छन् । बेन्द्रे अमेरिकाको न्यूयोर्कमा क्यान्सरको पाँच महिना लामो उपचारपछि घर फर्किएकी हुन् । उनि श्रीमान् गोल्डी बहलसँग सोमबार बिहान भारतको मुम्बइ एयरपोर्ट उत्रिइन् ।   

कालो जीन्स र ज्याकेट लगाएकी सोनालीको अनुहारमा खुशी देखिन्थ्यो । सोनालीका श्रीमान् गोल्डीले भने 'उनि अहिले राम्रो महसूस गर्दैछिन् र छिट्टै रिकोभर हुदैछिन् । अहिले उनको उपचार पुरा भएको छ । तर क्यान्सर पुन फैलन सक्छ त्यसैले सामान्य चेकजाच हुदैछ।'

गोल्डीसंग सोनालीको १२ नोभेम्बर २००२ मा बिहे भएको थियो । गोल्डी फिल्म मेकर पनि हुन् । गत जुलाइमा सोनालीलाई क्यान्सर भएको थियो । गोल्डीले कहिले अमेरिका पुगेर पत्नीको सेवा गर्छन् भने कहिले घर आएर अभिभावकीय भूमिका निभाउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ