arrow

परिणीतिले जुत्ता लुकाएको पाँच करोड ६० लाख

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
priyanka1.jpg

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह निकै महंगो सावित भएको छ । विवाह हिन्दू र क्रिष्चियन दुवै रीतिरिवाजअनुसार भएको हो । 

हिन्दू संस्कारको बिहे भने निकलाई महंगो सावित भएको छ । सालीले जुत्ता लुकाएको दाम नै महंगो परेपछि यो विवाह उनलाई महंगो परेको हो । 

निककी साली परिणीति चोपडाले बिहेमा जुत्ता लुकाएको पाँच करोड ६० लाख (नेरु) मागिन् । 

सामाजिक संजालमा यो सन्देश भाइरल भएको थियो । उनले कति पाइन् त्यो भने खुलाइएको छैन । 

प्रियंकाको विवाहको खर्च पनि निकै भएको अनुमान गरिएको छ । यसअघि केही समयअघि रणवीर सिंह र दिपिका पादुकोणले नै महंगो बिहे गरेका थिए । उनीहरुको बिहे इटालीमा भएको थियो । 

पार्टी भने भारतका दुई ठाउँमा दिएका थिए । प्रियंकाको विवाहका लागि दुई सय ५० जना पाहुना बोलाइएको जनाइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ