arrow

प्रियंकाको विवाहमा परिणीतिले छाडेको नोटमा के छ ?

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
paraniti.JPG

काठमाडौं। प्रियंका चोपडाको अमेरिकी गायक निक जोनससँग विवाहलाई लिएर अभिनेत्री परिणीती चोपडाले एक भावनात्मक नोट पनि लेखेकी छन् । काकाकी छोरी प्रियंका चोपडालाई लिएर परिणीती चोपडा निकै खुशी रहेकी छन् ।

परिणीतीले सो नोटमा सांस्कृतिक रूपले दुई अलग संस्कृतिहरु एक भएकोमा आफु खुशी भएको जनाएकी छिन् । परिणीतिले इन्स्टाग्राममा प्रियंकाको मेहेन्दीको एक तस्बिर शेयर गर्दै निकलाई आफ्नो परिवारमा स्वागत र प्रशंसा गरेकी छन् ।

उनले लेखेकी छन्  " हामीलाई दुलाह पक्षलाई सुनिश्चित गर्नु थियो कि बेहुली खुशी र सहज रहुन्, तर हामीलाई यो कुराको कुनै चिन्ता गर्नु परेन किनकि निकले सबै कुराको आश्वासन दिएका छन् ।"

उनि लेख्छिन् , "निक भिनाजु परिवारमा तपाईलाई स्वागत छ । म निकै खुशी छु कि जोनस र चोपडा परिवार अब एक भए । हाम्रो सम्बन्धमा सबैभन्दा विशेष कुरा परिवारको एकजुट हुनु हो । जुन एक- दोस्रो सांस्कृति र विश्वासको सम्मान गर्छ । त्यसैले दुवै  रीति- रिवाजले विवाह गरिने योजना बनाउनु अद्भुत रह्यो।"

प्रियंका निकको बिहे क्रिश्चियन रीतिरिवाजअनुसार शनिबार भारतस्थित जोधपुरको उम्मेद भवनमा भएको थियो भने आइतबार उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भयो । यो हाइप्रोफाइल बिहेको फोटोग्राफ राइट्स करीब साढे दुई मिलियन डलरको रहेको थियो  ।

उक्त राइट्स एक म्यागेजिनलाई बेचिएको छ । म्यागेजिनको नाम सार्वजनिक गरिएको छैन । यो बिहेको फोटो या जानकारी बाहिर नआओस् भन्नका लागि उम्मेद भवनलाई किलाबन्दी गरिएको थियो ।  उनीहरुले ड्रोन देख्नासाथ सुट गरेर खसाल्ने छन् । बोलाइएका निम्तालुलाई समेत भारतीय ५०० रुपैयाँको स्टयाम्प पेपरमा हस्ताक्षर गराइएको थियो । ताकि कसैले बिहेको फोटो वा जानकारी कसैलाई दिने छैनन् ।  सुरक्षाका लागि उम्मेद भवनमा अमेरिकाबाट १०० गार्डस् बोलाइएको थियो ।

सो विवाहमा निककी साली परिणीति चोपडाले बिहेमा जुत्ता लुकाएको पाँच करोड ६० लाख (नेरु) मागेको सामाजिक संजालमा यो सन्देश भाइरल भएको थियो । उनले कति पाइन् त्यो भने खुलाइएको छैन ।

प्रियंकाको विवाहको खर्च पनि निकै भएको अनुमान गरिएको छ । यसअघि केही समयअघि रणवीर सिंह र दिपिका पादुकोणले नै महंगो बिहे गरेका थिए । उनीहरुको बिहे इटालीमा भएको थियो ।

पार्टी भने भारतका दुई ठाउँमा दिएका थिए । प्रियंकाको विवाहका लागि दुई सय ५० जना पाहुना बोलाइएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ