arrow

निर्मलाको न्यायका लागि प्रशासनको मूल गेटमा धर्ना

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर १७ सोमबार
nirmala-dharna.jpg

कञ्चनपुर । निर्मला पन्तका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुनः धर्ना दिएका छन् । सोमबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले निधारमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

नागरिक संघर्ष समितिका सदस्य एव कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले चार महिनासम्म पनि हत्यारा सार्वजनिक नगरिएका कारण फेरी आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार सोमबार र मंगलबार प्रशासनको मुल गेटमा कार्यालय समयमा धर्ना दिइने छ । कार्यालय प्रवेस गर्ने मुख्यद्वारमै कालोपट्टी बाँधेर धर्नामा बसेपछि सेवाग्राही भने मारमा परेका छन् । कर्मचारी १० बजेभित्र कार्यालय प्रवेस गरिसकेका थिए, भने पछि एक घण्टापछि आएका सेवाग्राही मारमा परेका छन् । टाढा टाढाबाट आएका सेवाग्राही फर्किन थालेका छन् ।

आन्दोलनकारीले प्रशासनको मुल गेटभित्रबाट प्रवेस गर्न नदिएपछि वडा कार्यालयको गेट भएर कार्यालय जान लागेका सेवाग्राहीलाई समेत फर्काइदिएका छन् । आन्दोलनका कारण प्रशासनको काम कार्बाही समेत प्रभावित भएको छ । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले सरकारले हत्यारा सार्वजनिक गरेर आन्दोलन फिर्ता हुने बताए ।

कञ्चनपुर प्रहरीले आन्दोलनभन्दा पनि अनुसन्धानमा नागरिकले सघाउनुपर्नेमा जोड दिँदै आएको छ । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको गहन छानबिन भइरहको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ