arrow

दोस्रो पुस्तालाई नेतृत्व दिलाउन युवा नेताहरु अभियानमा : ‘मूलधारको उत्तराधिकारी सिटौला’

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
krishna-prasad-sitaula.jpg.jpeg
काठमाडौं । कांग्रेसका युवा नेताहरु वीपीको नीति र सिद्धान्त तथा गिरिजाको सशक्तता अभियानको खास उत्तराधिकारीका रुपमा पार्टी सभापतिमा कृष्णप्रसाद सिटौलालाई जिताउने अभियानमा लागेका छन् । केही दिन देखि लगातार छलफलमा जुटेका नेताहरुले पार्टीको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्त्रण गर्नु पर्ने भन्दै सिटौला नै अहिलेको मूख्य दावेदार रहेको बताएका छन् । 
 
पुराना नेताहरुले जेष्ठताका आधारले नेतृत्व दावी गर्नुमा तुक नरहेको भन्दै उनीहरुले पुराना नेताहरुले सम्मानित भएर बस्नु पर्ने र क्षमतावान् दोस्रो पुस्ताका नेताहरुले पार्टीसंचालन गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले जेष्ठताकै कुरा गर्ने हो भने अहिले सबैभन्दा सिनियर रामहरी जोशी रहेको तर्क गरे । आइतबार पनि काठमाडौंको हार्दिक होटलमा पछिल्लो पुस्ताका नेताहरुको भेला भएको छ । सदृढ र मजबुद कांग्रेस निर्माण गर्ने नीति र नेतृत्व विषयक अन्र्तक्रिया कार्यक्रममा एक सय ४५ बढी नेताहरु भेला भए । 
 
उनीहरुले संस्थापन को ? भन्ने भ्रममा नपरी वीपीको धारलाई जस्ले अंगाल्न सक्छ, त्यो नै संस्थापन पक्ष हुने प्रस्ट्याए । दिवंगत कांग्रेस सभापति सुशील कोइरालाका भाई एवं कांग्रेस सांसद अशोक कोइरालाले वीपीको सिद्धान्त र गिरिजाको पार्टी सशक्तताको अभियानलाई संस्थागत गर्ने नेतृत्वको अहिलेको आवश्यकता रहेको बताए । जुन् क्षमता कृष्णप्रसाद सिटौला बाहेक अरुसंग नरहेको कोइरालाले ठोकुवा गरे । भेलाका सहभागिले सिटौलानै पार्टी मूलधारको उत्तराधिकारी भएको बताएका छन् । 
 
सिटौला पार्टी सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने र महामन्त्रीमा गगन थापाले नछोड्ने नेताहरुले बताए । दश वर्षे सशस्त्र द्वन्द्वको व्यवस्थापन, शान्ति प्रक्रिया, लोकतन्त्र संस्थागत र संविधान कार्यान्वयन गर्ने नेतृत्वले मात्रै अवका चुनौती चिर्ने भन्दै नेताहरुले कांग्रेस रुपान्तरणका लागि सही नीति र नेतृत्व चयनमा जोड दिंदै सिटौलालाई जिताउने अभियान अघि सारेको प्रस्ट्याए ।
 
भेलामा सांसद अशोक कोइराला, नगेन्द्र कुमाल, अमृत राजवंशी तथा पूर्व सांसद शिव हुमागाई, रामकृष्ण चित्रकार र पूर्व मन्त्री जनकराज गिरी सहभागि थिए । महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यहरुको बाक्लो उपस्थिति थियो । कालिकोट जिल्ला सभापति हर्ष बमसहित कार्यक्रममा पूर्व सभापतिहरु समेत सहभागि थिए । कुन्दनराज काफ्ले र विनिता अधिकारी दोलखा, साहिद अली स्याङजा, विकास लामा सिन्धुपाल्चोक, देवराज चालिसे कास्की, इन्द्र बहादुर भुजेल चितवन लगायत कार्यक्रममा देखिए । यसअघि शनिबार भएको भेलामा समेत नेताहरुको बाक्लो उपस्थिति रहयो । आइतबार दिउँसो गौशालाको एक पार्टी प्यालेशमा युवाहरुले समेत छलफल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ