arrow

धिताल भन्छन, ' काँग्रेसको जिम्मा यूवालाई, मुद्धा आर्थिक समृद्धीको '(भिडियो)

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
bishnu-prasad-dhital.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता विष्णुप्रसाद धितालले कांग्रेसको १३ औ महाधिवेशनले पार्टीलाई पुनः ताजकिकरण, शसक्त बनाउने बताएका छन्। कांग्रेसको १३ औ महाधिवेशन नजिकिदै जाँदा हाम्राकुरा डटकमसँग कुरा गर्दै उनले महाधिवेशनपछि काँग्रसले मुलुकलाई नयाँ दिशा निर्देश गर्ने दावी गरे।  
 
लमजुङबाट महाधिवेशन प्रतिनिधी रहेका धितालले काँग्रेस महाधिवेशनले मुलुकलाई आर्थिक समृद्धीमा कसरी बढाउने भन्नेमा विषयमा छलफल गर्नुपर्ने बताए। सामाजिक, आर्थिक र राजनीतकि रुपमा क्रान्ति गर्नु काँग्रेसको मूख्य उद्देश्य हुनुपर्ने धितालले बताए। सामूहिक नेतृत्व गर्ने र सामुहिक छलफबाट मात्रै अगाडी बढ्ने भन्ने कांग्रेसको मूल मन्त्र रहनुपर्ने उनको भनाई छ। 
 
तीन दशक नेपाली काँग्रेसमा र पाँच वर्ष आर्थिक क्षेत्रमा अनुभव सँगालेका धिताल बैंकिङ क्षेत्र फस्टाउन सबैभन्दा पहिला राजनीति क्षेत्रमा नै स्थायित्व कायम हुनुपर्नेमा जोड दिए। स्थाई सरकार र राम्रो अर्थ नीति भएमा मात्र बैंकिङ क्षत्रे फस्टाउने उनको तर्क छ। 
 
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरु मर्जर भइरहेका बेला उनले नेपालको अर्थ व्यवस्था सुधार गर्न बैंकहरुले गाउँगाउँमा गएर किसानलाई आयआर्जनमा सहयोग गरेमा नेपालीहरु विदेसिनु नपर्ने तर्क गरे। धिताल भन्छन, गाउँका युवाहरुलाई विदेश होइन अब नेपालमै बैंकिङ क्षेत्रमा लगाएर आर्थिकस्तर उकास्नु जरुरी छ। 
 
काँग्रेसले अब गाउँ क्षेत्र प्रदेश वडा र सबैमा कसरी आर्थिक सुधार्ने भन्ने बारेमा सबै पार्टीलाई मिलाएर लैजानुपर्ने उनले बताए। काँग्रेसको हरेक नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन युवाहरुलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ। 
 
नेपाली काँग्रेसको केन्द्रीय सदस्यको उमेद्वारी दिने तयारीमा रहेका धितालसँग गरिएको भिडियो कुराकानीको अंश यहाँ हेर्नुहोलाः 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ