arrow

व्यवसायभन्दा पनि यी काममा अगाडि छिन् अम्बानी परिवारकी बुहारी

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
ambani-duter.JPG

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका छोरा तथा जियो टेलिकमका प्रमुख आकाश अम्दानीको विवाहको तयारी चलिरहेको छ ।

अहिलेसम्म अम्बानीको घरमा आउने बुहारी को हुन् भन्ने कुराको जानकारी दिइएको छैन । यद्यपि भारतीय सञ्चारमाध्यमहरुमा भारतीय हिरा व्यापारी रसेल मेहताकी सबैभन्दा कान्छी छोरी श्लोका मेहतासँग उनीको विवाह हुन भइरहेको बताइएको छ ।
 
सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार श्लोकाको ध्यान व्यवसायभन्दा पनि अन्य क्षेत्रमा उनको ध्यान रहेको बुझिन्छ । उनको लागि आफ्नो परम्परागत व्यवसाय भन्दा पनि सामाजसेवामा बढी रुचि भएको बताइएको छ । उनी एक संस्थाकी संस्थापक रहेकी छिन् र आफ्नो धेरै समय उक्त संस्थालाई दिने गरेकी छिन् ।

उनको संस्थाले भारतका धेरै एनजीओहरुको सहयोग गर्ने गरेको छ । आकाश अम्बानीसँगै विद्यालयको पढाइ पूरा गरेकी श्लोकाले बेलायतको प्रतिष्ठित विश्वविद्यालयबाट कानुनमा मास्टर्स डिग्रीको पढाइ पूरा गरेकी थिइन् ।  यद्यपि उनले आफ्नो पढाइ सकेसँगै आफ्ना बाबुको रोसी ब्लू फाउण्डेसनमा निर्देशकको पद पनि सम्हालिरहेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ