arrow

मन्त्री बिष्टको आग्रह - देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्नुहोस्

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
Gokarna-Bista.jpg

काठमाडौं ।  प्रविधि पत्रकार मञ्च(टीजेएफ) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईतबार काठमाडौंमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको छ  ।  कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले देशभित्रै युवाले काम गरेर बस्ने र बाँच्ने वातावरण कहिले बन्छ भनेर सोध्न अनुरोध गर्दै त्यसको सुरुवात आईसीटी क्षत्रेबाट हुने बताएका छन्।

मन्त्री बिष्टले  भने ‘देशभित्रै काम गर्ने संस्कृति बसाउने कुरा महत्वपूर्ण छ। यसका लागि मध्यमस्तरका जनशक्तिलाई आईसीटी क्षत्रेमा आवद्ध गर्ने हाम्रो योजना हो ।अहिले ८५ हजारलाई रोजगारी दिने सम्भावनाको कुरा प्रतिवेदनले भनेको छ । हामी वातावरण सुधारेर त्यलाई लाखौंमा लैजान चाहान्छौं।’

कार्यक्रममा शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले सरकारले जनशक्ति प्रक्षेपण कार्यदल बनाएर सरकारले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ भनेर अध्ययन गर्न सुरु गरेको बताए । सचिव बरालले आइसीटी शिक्षा र शिक्षामा आईसीटीको प्रयोग दुई अन्तर सम्बन्धित विषय भएकाले यसलाई प्राथमिकतामा राखेर शिक्षा मन्त्रालयले काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल दुरसंचार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खानलले कार्यपत्र प्रस्तुत गरेका थिए ।   

कार्यक्रमका सहभागीहरुले पनि सरकारले योजना बनाएर महत्वका साथ काम गरे सूचना प्रविधि (आईसीटी)को क्षेत्रमा ब्यापक मात्रामा रोजगारी सिर्जना गर्न कठिन नरहेको एक बताएका छन्। कार्यक्रममा सहभागीहरुले प्रविधिको क्षेत्रमा रहेका विभिन्न समस्या समाधनमा सरकार अग्रसर भएमा ब्यापक मात्रामा रोजगारी सिर्जनाको सम्भाब्यता रहेको बताए।

यस्तै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रममाफर्त आईसीटी क्षेत्रमा रोजगारी सर्जानाका सम्भावनाका बारेमा ब्यापक अध्ययन गरेर कार्यक्रमहरु ल्याइने बताए।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. मनिष पोखरललेले हाल ४ वटा विश्वविद्यायमार्फत वार्षिक ७ हजार ५ सय आईसीटी क्षेत्रका जनशक्ति उत्पादन भइहरेको जानकारी दिँदै त्यसलाई बढाउने गरी सरकारका तर्फबाट प्रोत्साहन तथा योजनाहरु प्राप्त नभएको गुनासो गरे।

कार्यक्रममा सहभागीहरुले सरकारले गफ मात्रै गर्ने र काम नगर्ने अवस्थाको अन्त्य गर्न आईसीटी क्षत्रेकाटै सुरुआत हुने अपेक्षा व्यक्त गरे। उनीहरुले समस्याहरु हटाएर आईसीटी क्षेत्रलाई रोजगारीको प्रमुख आधार बनाउन सकिने अवस्थालाई सरकारले गम्भीर रुपमा लिएर नीति, योजना तथा कार्यक्रम बनाएर थोरै वर्षभित्रै महत्वपूर्ण उपलब्धी हात लाग्ने उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ