arrow

मिस वल्डमा नेपालबाट श्रृङ्खलाले हात पारिन् अहिलेसम्मकै ठूलो सफलता 

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
srinkhala-khatiwada-multimedia-winner.jpg

काठमाडौं । मिस वल्र्ड (विश्व सुन्दरी) प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेकी छिन् । श्रृङ्खलाले अहिलेसम्म कुनै पनि नेपालकी सुन्दरीले हात पार्न नसकेको सफलता चीनको सान्यामा आयोजना भइरहेको मिस वल्र्डमा हात पारेकी हुन् ।

श्रृङ्खलाले मल्टिमिडिया अवार्ड जित्दै फाइनल राउन्डको अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएकी छिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित चीन, इंगल्याण्ड, केन्या र पोर्टो रिको सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।

त्यसमध्ये समग्रमा मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए । मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनलिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृङ्खलाले बाजी मारेकी हुन् । 

श्रृङ्खलाले मल्टिमिडियासंगै व्यूटी विथ पर्पोज अवार्ड पनि जितेकी छिन् । श्रृङ्खलाले दुई वटा अवार्ड जितेर कुनै पनि नेपाली सुन्दरीले यसअघि नजितेको सफलता हात पारेकी हुन् । 

जितसंगै श्रृङ्खलाले सबै नेपालीलाई सम्झँदै धेरै धेरै धन्यबाद दिएकी छिन् । उनले आफू मिस नेपाल भएको उद्धेश्य पनि स्पष्ट हुँदै गएको उनले बताएकी छिन् । 

मिस वल्र्डको फाइनल राउन्ड यही डिसेम्बर ८ तारिख मंसिर २२ गते शनिबार हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ