तेह्रथुम। खुकुरी प्रहारबाट घाइते रमेश कन्दङवाको फिदिमस्थित पाँचथर जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ।
सामान्य विवादमा आईतवार राती थोक्लुङ गाविस-३ बस्ने रमेश कन्दङवालाई पदम पंदकालाले खुकुरी प्रहारगरेका थिए। सक्रान्ति गाविस -८ मा सामान्य बहस विवादमा परिणतहुँदा हत्या भएको हो।
खुकुरी प्रहारबाट घाईते कनदङ्वालाई फिदिम स्थित पाँचथर अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हाम्रा सहकर्मी सुदिप वर्देवाले तेह्रथुमबाट जानकारी दिएका छन्।