arrow

प्रियंकालाई सासुको यस्तो उपहार

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
priyabka.JPG

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा जोनस परिवारकी बुहारी बनेकी छन् । प्रियंका चोपडा र निक जोनस  श्रीमान् - श्रीमति बनेका हुन् । प्रियंका- निकको विवाह क्रिश्चियन रीतिरिवाजअनुसार शनिबार भारतस्थित जोधपुरको उम्मेद भवनमा भएको थियो भने आइतबार उनीहरुको हिन्दू रीतिरिवाज अनुसार बिहे भयो । यो हाइप्रोफाइल बिहेको फोटोग्राफ राइट्स करीब साढे दुई मिलियन डलरको रहेको थियो  ।

विवाह गिफ्टमा निक जोनसको आमा डेनिस जोनसले प्रियंकालाई निकै महत्वपुर्ण उपहार दिएकी छन् । बलिउड लाइफका अनुसार प्रियंकाकी सासु डेनिसले महंगो  कानमा लगाउने इयररिङ् दिएर बुहारीको स्वागत गरेकी छन् । सो इयररिङको मुल्य ७९,५०० डलर अर्थात ८९.४५ लाख रुपैया रहेको छ । यसमा ६.७ क्यारेक्ट को १७० स्टोन लगाइएको छ ।

क्रिश्चियन परम्पराको विवाहमा भायोलीन बजाउन हायर गरिएकि कलाकार कुष्मिताले एक पोस्ट शेयर गरेर भनेकी छन् 'प्रियंका आफैमा इमोस्नल थिइन् ।'  कुष्मिता आफुले प्रियंकाको विवाहमा पर्फम गर्न पाएकोमा भाग्यमानि ठान्छिन् ।

निककी साली तथा प्रियंका चोपडाको काकाकी छोरी परिणीती चोपडाले मेहेन्दीको तस्बिर शेयर गर्दै लेखेकी छन् ।  " हामीलाई दुलाह पक्षलाई सुनिश्चित गर्नु थियो कि बेहुली खुशी र सहज रहुन्, तर हामीलाई यो कुराको कुनै चिन्ता गर्नु परेन किनकि निकले सबै कुराको आश्वासन दिएका छन् ।" उनि लेख्छिन् , "निक भिनाजु परिवारमा तपाईलाई स्वागत छ । म निकै खुशी छु कि जोनस र चोपडा परिवार अब एक भए । हाम्रो सम्बन्धमा सबैभन्दा विशेष कुरा परिवारको एकजुट हुनु हो । जुन एक- दोस्रो सांस्कृति र विश्वासको सम्मान गर्छ । त्यसैले दुवै  रीति- रिवाजले विवाह गरिने योजना बनाउनु अद्भुत रह्यो।"

निकको विवाहको तस्बिर र भिडियो खिच्न एक कम्पनीलाई दिइएको थियो जसले अनुष्का-विराट र दीपका रणवीरको विवाहको कभर गरेको थियो । निकको दुई रिसेप्शन हुनेछ । एक रिसेप्शन मंगलबार ४ डिसेम्बर दिल्लीमा र अर्को रिसेप्शन मुंबईमा बलिउड कलाकारसँग हने बताइएको छ । मुंबईमा हुने रिसेप्शनको मिति भने खुलाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ