- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सामसुङ पछिल्लो समय केही महत्वपूर्ण उत्पादनहरु ल्याउने क्रममा छ । यस्तोमा सामसुङको केही समयअघि मात्र पनि फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको थियो ।
यसैबीच सामसुङले भेरीजोनसँग मिलेर २०१९ को सुरुवाती ६ महिना भित्र आफ्नो ५जी स्मार्टफोन बजारमा ल्याउने भएको छ । सन् २०१९ मा ५जी आउनसक्ने अनुमान भइरहेको अवस्थामा सामसुङले यस्तो योजना ल्याएको हो ।
यसअघि नै मोटोरोला, वानप्लसले भने यसअघि नै ५जी स्मार्टफोन ल्याउने घोषणा गरिसकेका छन् । सामसुङको प्रमुख प्रतिस्पर्धी एप्पलले भने अहिलेसम्म यस्तो कुनै योजना ल्याएको छैन ।
सामसुङले यसअघि नै यो योजनाको विषयमा केही प्रविधि भने ल्याइसकेको छ। २०१७ को मोबाइल कंग्रेसमा उसले ५जी होम राउटर सार्वजनिक गरेको थियो । ५जी प्रविधिको लागि होडबाजी चलिरहेको अवस्थामा स्मार्टफोन निर्माताहरुको बीचमा पनि ५जी स्मार्टफोनको विषयलाई लिएर प्रतिस्पर्धा बढेको छ।