arrow

म्यानचेस्टर सीटीलाई लीग कपको उपाधि

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
City_willy.jpg.jpeg
एजेन्सी। म्यानचेस्टर सीटीका गोलकिपर विल्ली क्याबालेरोको उत्कृष्ट प्रदर्शनले लिभरपुललाई पराजित गर्दै सीटी फुटबल लीग कपको उपाधि जित्न सफल भएको छ।
 
निर्धारित समयमा १-१को बराबरीमा सकिएको खेल पेनाल्टी शुटआउटमा पुग्दा सीटीले ३-१ले जितेको हो। 
 
जो हार्टको ठाउँमा खेलिरहेका क्याबालेरोले पेनाल्टी सुटआउटमा लुकास, कोतिन्हो र ललानाको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई जित दिलाएका थिए। 
 
खेलको ४९औं मिनेटमा सीटीका फर्नान्डिन्होले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसैगरि ८३औं मिनेटमा लिभरपुलका फिलिप कोटिन्होले गोल गर्दै खेल १-१को बराबरीमा ल्याएका थिए। त्यसपछि थप समयमा पनि कुनै गोल हुन नसकी खेल पेनाल्टी शुटआउमा पुगेको थियो। खेलको म्यान अफ दि म्याच भिन्सेन्ट कोम्पनी घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ