arrow

प्रियंकाको विवाहपछिको भेटघाट कार्यक्रममा बधाइ दिन पुगे मोदी

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
priyanka-modi.jpeg

काठमाडौं । दिल्लीको ताज प्यालेसमा मंगलबार प्रियंका चोपडा र निक जोनसले आफ्नो विवाहको पहिलो पार्टी आयोजना गरेका छन् । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका छन् र उक्त जोडीलाई बधाई दिएका छन् ।

निक र प्रियंकाका परिवारका अलावा यो कार्यक्रममा धेरै सेलिब्रेटीहरु पनि यो कार्यक्रममा सहभागी भएका थिए । दोस्रो रिसेप्सन मुम्बईमा हुने तय भएको छ तर अहिलेसम्म मिति भने सार्वजनिक गरिएको छैन ।

प्रियंका चोपडाले दुई रीतिरिवाजअनुसार विवाह गरेकी थिइन् । उनले पहिलोपटक विवाह क्रिस्चियन परम्पराअनुसार गरेकी थिइन् भने दोस्रोपटक हिन्दूपरम्पराअनुसार विवाह गरेकी हुन् । उनको विवाहमा मुकेश अम्बानी आफ्नो पूरै परिवारको साथमा पुगेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ