arrow

प्रियंकाको विवाहमा जनवारलाई प्रताडित गरिएको भन्दै पेटाले जनायो आपत्ति

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
priyankas.png

काठमाडौं ।  जनावरहरुको संरक्षणका लागि काम गरिरहेको संगठन पेटाले उनीहरुको विवाहमा जनावरहरुलाई प्रताडित गरिएको आरोप लगाएको छ । पेटाले जनावरहरुमाथि उनीहरुको विवाहमा क्रूरता प्रदर्शन गरिएको उल्लेख गरिएको छ । पेटाले विवाहमा हात्ती तथा घोडाहरुमाथि क्रूरता प्रदर्शन गरिएको भन्दै आलोचना गरेको छ ।

पेटाले उनीहरुको विवाहको एक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा विवाहमा प्रयोग भएका जनावरहरुलाई कसरी प्रताडित गरिएको थियो भन्ने कुरा देखाइएको छ ।

पेटाले सामाजिक सञ्जालमार्फत् प्रियंका–निकको विवाहको लागि लेखेको बधाई सन्देशमा जनावरमाथि अत्याचार गरेर कोही पनि ठूलो मान्छे बन्न नसक्ने भन्दै आलोचना गरेको छ ।  विवाहमा प्रयोग गरिएका जनावरहरु साङ्लोमा बाँधिएका थिए । सन्देशमा तपाइँको खुसीको दिन जनावरहरुको लागि भने दुःख पुगेकोमा आफूहरु दुःखी रहेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ