arrow

भारतमा इन्टरनेट रफ्टारमा कुँद्ने, ५८५४ किलोको उपग्रह लञ्च गर्यो

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
space-india.jpg

काठमाडौं । छिमेकी राष्ट्र भारतमा इन्टरनेट अब रफ्तारमा कुँद्ने भएको छ । बुधबार भारतले सबैभन्दा भारी ५८५४ किलोग्रामको उपग्रह जीसेट–११ दक्षिण अमेरिकास्थित फ्रेन्च गुयानाबाट लञ्च भएको छ । यसलाई युरोपको लञ्चिङ एजेन्सी एयरियोस्पेसको रकेट एरियाने–५ बाट बुधबार बिहान नेपाली समय अनुसार २ः२२ मा लञ्च गरिएको हो । 

यसले इन्टरनेटमा तीव्रता आउने छ । भारतीय संचारमाध्यमका अनुसार १६ गिगाबाइट प्रतिसेकेन्डको रफ्तारमा यसले डेटाहरु पठाउन सक्नेछ । 

यसमा प्रत्येक सोलर प्यानलको लम्बाई ४ मिटर रहेको छ । यो पृथ्वीको सतहबाट ३६ हजार किलोमिटर माथि स्थापित गरिएको छ । यसले १५ वर्षसम्म काम गर्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ