arrow

प्रियंकाभन्दा पहिला नै यी सात सेलिब्रेटीसँग प्रेममा थिए निक

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
Selena-Gomez-and-Nick-Jonas.jpg

काठमाडौं । बलिउडमा अहिले प्रियंका चोपडाको निक जेसससँगको विवाह निकै चर्चित बन्न पुगेको छ । उनीहरुको विवाहको विषयमा पनि धेरै किसिमका समाचारहरु आइरहेका छन् ।

यस्तोमा निकको विषयमा भने पनि धेरै किसिमको कौतुहलता सिर्जना हुनु स्वाभावित हो । यहाँ निकको यसअघिको रिलेसनको विषयमा केही जानकारी दिइएको छ । प्रियंकाभन्दा अघि निक यी सेलिब्रेटीहरुसँग रिलेसनमा थिए –

१. माइली साइरस
निक जोनसको नाम पहिलोपटक माइली साइरसको साथमा जोडिएको थियो । समाचारमा बताइएअनुसार उनीहरुको भेट एक कार्यक्रममा भएको थियो । जतिबेला निक केवल १४ वर्षका थिए । यो अफेयर लामो समयसम्म भने टिक्न सकेको थिएन ।

२. सेलेना गोमेज
साइरससँगको रिलेसन छुटेपछि निक सेलेना गोमेजसँग डेट गर्दै गरेको पाइएका थिए । उनीहरुको रिलेसन २००८ मा सुरु भएको थियो । यद्यपि यो रिलेसन पनि लामो समयसम्म टिक्न सकेको थिएन ।

३. लिलि कोलिन्स
निकको अफेयरको चर्चा लिलिसँग पनि चलेको थियो । यद्यपि यो जोडी खुल्लारुपमा भने देखिएको थिएन । केही मानिसहरुका अनुसार सन् २००९ मा उनीहरु डेटिङको क्रममा फेला परेका थिए ।

४. डेल्टा गुडरेम
डेल्टासँग अफेयर चलिरहँदा निकलाई आफूभन्दा ठुलो उमेरकी केटी मनपर्ने गरेको बताइएको थियो । त्यतिबेला निक केवल १८ वर्षका थिए भने डेल्टा २८ वर्षकी थिइन् ।
 
५. ओलिविया कल्पो
मिस युनिभर्स भइसकेकी ओलिवियाको साथमा पनि निकको अफेयर चलेको थियो । समाचारमा बताइएअनुसार उनीहरुको अफेयर्स २०१३ मा सुरु भएको थियो भने सन् २०१५ मा उनीहरु अलग भएका थिए ।
 
६. क्यान्डर जेनर
ओलिवियासँग अलग भएसँगै निक मोडल क्यान्डर जेनरसँग जोडिएका थिए । सन् २०१५ मा उनीहरुको अफेयरको खुबै चर्चा चलेको थियो । यद्यपि केही समयमा नै उनीहरु अलग भएका थिए ।

७. केट हडसन
प्रियंकाभन्दा पहिला निकले एक अन्तर्वार्ताको क्रममा निकले केटसँगको आफ्नो सम्बन्ध निकै विशेष रहेको बताएका थिए । सन् २०१६ मा उनीहरुको सम्बन्धलाई लिएर धेरै चर्चा सुनिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ