arrow

वैज्ञानिकको अनुमान : एलियन्सले पृथ्वीको भ्रमण गरिसके

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
nasa3.jpg

काठमाडौं । अमेरिकी स्पेस एजेन्सी नासाको इन्टेलिजेन्ट सिस्टम डिभिजनका वैज्ञानिक सिल्वानो बोलम्बानोले मानिसहरुभन्दा पनि बुद्धिमान दोस्रो ग्रहका मानिसहरुले पृथ्वीको भ्रमण गरिसकेको हुनसक्ने उल्लेख गरेका छन् ।

उनले एक रिसर्च पेपरमा एलियन्सहरुको जीन्दगी हाम्रोभन्दा निकै फरक किसिमको हुनसक्ने बताएका छन् । उनले अहिले पनि मानिसहरुले बाहिरी जीवनको विषयमा निकै मात्र खोजी गरिरहेको हुनसक्ने बताएका छन् । अहिले मानिसहरुले एलियन्सहरुको विषयमा निकै कम मात्र खोजी गरिरहेको हुनसक्ने उनको अध्ययनमा उल्लेख गरिएको छ ।

बाहिरी ग्रहका मानिसहरुको जीवन कार्बनमा आधारित जीवनभन्दा पनि फरक रहनसक्ने बताएका छन् । जसको कारण उनीहरुको पृथ्वीको भ्रमणको विषयमा कुनै पनि जानकारी नमिलेको हुनसक्ने उनको भनाइ छ । मानिसले दोस्रो ग्रहका मानिसहरुको खोजी गरेजसरी पृथ्वीमा मानिसहरुको खोजी नगरेको पनि हुनसक्ने उक्त रिसर्च पेपरमा उल्लेख गरिएको छ ।

मानिसहरुको सभ्यता १० हजार वर्ष पहिला सुरु भएको थियो तर वैज्ञानिक उपलब्धिहरु भने केवल ५ सय वर्षअघिबाट मात्र हासिल हुन सुरु भएको थियो । यस्तोमा पृथ्वीका मानिसहरु प्रविधिमा हजारौं वर्ष पछाडि पनि हुनसक्ने रिसर्चमा उल्लेख गरिएको छ ।

मानिसहरुले अहिलेसम्म कल्पना नै नगरेको प्रविधि उनीहरुले पत्ता लगाइसकेको पनि हुनसक्ने कोलंकानोको रिसर्चमा उल्लेख छ । एलियन्सहरु पत्ता लगाउनका लागि सबैभन्दा पहिला मानिसहरुको धारणामा केही परिवर्तन गरिनुपर्ने उल्लेख गरिएको छ ।

यसअघि स्टिभिन हकिङले पनि एलियन्सको अस्तित्व रहेको स्वीकार गरेका थिए । यस विषयमा सौर्यमण्डलमा पनि हजारौं करोड किलोमिटरको दूरीमा सिग्नल आइरहेको हुनसक्ने बताएका थिए ।

 साथै उनी लगातार दोस्रो ग्रहका मानिसहरुसँग कुरा गर्ने प्रयासमा थिए । २१०० सकिने बेलासम्म पृथ्वीमा जीवन निकै मुस्किल हुने र यसका लागि दोस्रो ग्रहमा आश्रय लिने व्यवस्था गरिनु जरुरी रहेको रिसर्चको विवरणमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ