arrow

सलमान खान बने सबैभन्दा बढी कमाउने भारतीय, को को परे?

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
salman2.jpg

काठमाडौं। फोर्ब्सले सबैभन्दा ज्यादा कमाई गर्ने भारतीयको सूची जारी गरेको छ । सो सूमा सलमान खान लगातार तेस्रो बर्ष पनि सबैभन्दा ज्यादा कमाई गर्ने  सेलिब्रिटी बनेका छन् ।  सलमानले १ अक्टोबर २०१७ देखि ३० सेप्टेम्बर २०१८ को बिच २५३.२५ करोड भारतीयरुपैयाँ कमाए। भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली २२८.०९  करोड भारतीय रुपैयाँ कमाई गरेर सुचीको दोस्रो स्थानमा छन् ।

त्यस्तै अक्षय कुमारको नाम तेस्रो स्थानमा छ । उनको कमाई १८५ करोड भारतीय रुपैयाँ रहेको छ । चौथो  नम्बरमा दीपिका पादुकोण रहेकी छन् । उनको कमाइ ११२ करोड भारतीय रुपैयाँ रहेको छ । टप ५ भित्र पर्ने दीपिका एक मात्र महिला हुन् । महेन्द्र सिंह धोनी १०१.७७ करोड भारतीय रुपैयाँ  कमाई गर्दै पाँचौ नम्बरमा छन् ।

त्यस्तै आमिर खान ९७.५ करोड कमाइ गर्दै सुचीको छैठौं स्थानमा रहेका छन् । उनले गत बर्ष ६८.७५ करोड भारतीय रुपैयाँ कमाएका थिए । ९६.१७ करोड भारतीय रुपैयाँ कमाइ गर्दै अमिताभ बच्चन सातौं स्थानमा रहेका छन् ।  रणवीर सिंह ८४.६७ करोड भारतीय रुपैयाँ कमाइका साथ आठौ स्थानमा छन् । साथै सचिन तेन्दुलकर ८० करोड कमाइ गर्दै नवौ स्थानमा रहेका छन् भने अजय देवगन ७४.५ करोडका साथ १० औँ स्थानमा छन् ।

सलमानको कमाई एक बर्षमा ९ प्रतिशतले बढेको छ भने विराट कोहलीको कमाईमा १२६ प्रतिशत बढ्यो । त्यस्तै अक्षय कुमारको कमाई एक बर्षमा ८८ प्रतिशत , दीपिका पादुकोणको ६६ प्रतिशत र महेन्द्र सिंह धोनीको आम्दानी ६० प्रतिशतले बढेको छ ।

प्रियंका चोपडा सूचीको ४९ औ स्थानमा छिन् । अघिल्लो बर्ष उनि ४२ औ नम्बरमा थिइन् । उनको कमाईमा गिरावट आएको छ । एक बर्षमा प्रियंकाको कमाइ ६८ करोड भारतीय रुपैयाँबाट घटेर १८ करोड भारतीय रुपैयाँ भएको छ ।

शाहरुख खान दोस्रो नम्‍बरबाट झरेर यस बर्ष १३ औँ नम्बरमा पुगेका छन् । उनको कमाई ५६ करोड भारतीय रुपैयाँ मात्र रहेको छ । अघिल्लो बर्ष उनले  १७०.५० करोड भारतीय रुपैयाँ कमाएका थिए ।
 
३१ करोड भारतीय रुपैयाँ कमाई गरेर पवन कल्याण २४ नम्बरमा रहेका छन् । पवन तेलुगु फिल्मका एक्टर रहेका छन् । आन्ध्र प्रदेशमा उनने जन सेना पार्टी बनाएका छन् । उनि चिरन्जीवीको कान्छा भाइ हुन् ।

सूचीमा भारतीय लेखक अमिष त्रिपाठी र चेतन भगतको नाम पनि रहेको छ । टू स्टेट्स जस्तो चर्चीत किताबका लेखक चेतन ८.७५ करोड भारतीय रुपैयाँको कमाई गर्दै ९० औ स्थानमा रहेका छन् । त्यस्तै ६.५ करोड भारतीय रुपैयाँ कमाई गर्दै अमिष ९५ औँ स्थानमा छन् । उनि शिव ट्रियालोजीका लेखक हुन् ।

सो सूचीमा एकै परिवारका दुई व्यक्ति पनि रहेका छन् । यसमा विराट कोहली-अनुष्का शर्मा, दीपिका पादुकोण-रणवीर सिंह, अमिताभ बच्चन-ऐश्वर्या राय बच्चन, करीना कपूर-सैफ अली खान, अनिल कपूर-सोनम कपूर शामिल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ