काठमाडौं। सोलुखुम्बुको लुक्ला एयरपोर्टमा सोमबार विहान अचानक बमको हल्ला फिजियो। काठमाडौंबाट गएको सिम्रिक एयरको जहाजबाट सामान झारेपछि सबैले आआफ्ना सामान लगेपनि एक सामान भने विमानस्थलको पार्किङमा नै रहेपछि त्यसमा आशंका उत्पन्न भयो। केहि समयसम्म पनि र्याप गरिएको सामान नलगिएपछि त्यो वम भएको हल्ला भयो।
पर्यटकीय क्षेत्र लुक्ला सगरमाथा जाने पर्यटकहरुको गन्तव्य हो। अचानक वमको आशंकामा हल्ला हुन थालेपछि त्यसको प्रभाव त्यहा् भन्दा बढी काठमाडौंमा हल्ला भयो।
सिम्रिक एयरको जहाजभित्र बम रहेको हल्लासँगै काठमाडौं एयरपोर्टको सुरक्षा सतर्कता बढाइयो। प्राविधिक टोलि काठमाडौंबाट जाने कुरा भइरहँदा लुक्लामा र्याप गरिएको सामान लिन एकजना व्यक्ति आएर लिएर गए। वमको आशंका भएको त्यो सामान लिन सम्वन्धित व्यक्ति आएपछि सुरक्षा निकायदेखि पर्यटनव्यवसायी र सर्वसाधारण सबैले राहतको स्वास फेरे।