arrow

पूर्व सांसद्हरु भन्छन् - शान्ति सुरक्षा कमजोर अवस्थामा पुग्यो

logo
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
purba-samsad.jpg

धनगढी । सरकार शान्ति सुरक्षा कायम गर्नमा प्रभावकारी हुन नसकेको पूर्व सांसदहरुले बताएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा देशभर हत्या, बलात्कार लगायतका घटनाहरु बढीरहेको उनीहरुले बताएका छन् ।

‘सरकार शान्ति सुरक्षाको सम्बन्धमा प्रभावकारी हुनुपर्यो भनेर पटक–पटक सुझाव दिएका छौं’ बुधबार पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले भने ‘सरकारलाई भेटेर यी कुरा भनिरहेका छौं तर, जनमानसमा गएर यसरी सरकारलाई दबाब दिने काम भने गरेका छैनौ ।’

‘कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तमात्र होइन देशभरीनै महिलाहरु बलात्कृत हुनुपर्ने र बलात्कारपछि हत्या भएका घटना जारी रहेका छन्’ उनले भने ‘यस्ता जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि पक्राउ गरि कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ पूर्व सांसद श्रेष्ठले निर्मला पन्त घटनाको छानविन गर्न पटक–पटक सरकारलाई सुझाव दिएको बताए । ‘यो प्रकरणको छिटोभन्दो छिटो छानविन गरि संलग्न रहेका अपराधीहरुलाई कानुनको दायरामा ल्याएर सजाय दिनुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने ।

उनले पूर्व सांसद मञ्च संसदको परामर्शदाता भएकाले सरकारका हरेक कामलाइ नियाल्ने र सुझाव दिने काम गरिरहेको बताए । ‘हामी सरकारका हरेक पाइलामा सुझाव दिएर सहयोग गर्ने काम गर्छौ’ उनले भने ‘सरकारले हामीले दिएका मुख्य सुझावहरु मानेको छैन् ।’ संघीयता बनाउदा धेरै प्रदेश नराख्न र बढीमा तीन वटा बनाउन सुझाव दिएको स्मरण गर्दै भने ‘अहिले उहाँहरु हामीलाई भेट्दा तपाइहरुले दिएको सुझाव सहि थियो अहिले हामीलाई गाह्रो भयो भन्ने कुरा गर्छन् ।’

पूर्व सांसद मञ्चले प्रदेशका जननिर्वा्चित पदाधिकारीहरुको सहभागितामा बिहिबार प्रदेशस्तरिय भेला गर्न लागेको छ । संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या, चुनौति, समाधान लगायतका विषयमा राय सुझाव संकलन गर्न सो भेला गरिन लागेको पूर्व सांसद मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले बताए ।

महासचिव अधिकारीले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सो भेला गर्न लागेको जानकारी दिए । भेलामा सभामुख अर्जुनबहादुर थापा, प्रदेशका प्रतिनिधी सभाका सांसद, प्रदेशका मन्त्री, प्रदेश सांसद, प्रदेश मन्त्रालयका सचिव, जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुख, उपमहानगररनगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिका अध्यक्षरउपाध्यक्षको सहभागिता रहने जनाइएको छ ।

‘भेलामा हामी केवल उनीहरुका कुरा सुन्छौं’ महासचिव अधिकारीले भने ‘हामीले देशभरीका सात वटै प्रदेशमा यो कार्यक्रम गर्ने कार्यक्रम बनाएका हौं । यसको सुरुवात यस प्रदेशबाट गरेका छौं ।’ उनले सबै प्रदेशका नवनिर्वा्चित जनप्रतिनिधीबाट आएका राय सल्लाह, सुझाव संकलन गरेर राष्ट्रिय भेला पश्चात प्रदेश सरकारलाई पनि आवश्यक राय सल्लाह सुझाव दिइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ