arrow

अन्तत; लियोनार्डोले जिते ओस्कर, प्रियंका चोपडा पनि सरिक

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
leonardo-dicaprio.jpg.jpeg
एजेन्सी। अमेरिकाको लस एन्जल्समा ८८ औं ओस्कर अवार्ड समारोहमा हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन्। संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन्। 
त्यस्तै चलचित्र स्पटलाइटले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्यो ।टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ।
 
अभिनेता लियोनार्डो डिक्याप्रियोले चलिचत्र द रेवेनान्टबाट सर्वोत्कृष्ट अभिनेता तथा चलचित्र रुमबाट ब्री लार्सनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। सर्वाधिक १२ विधानमा मनोनयनमा परेको द रेवेनान्टका निर्देशक एलेजान्ड्रो गोन्जालेज इनारितु सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते।
 
कार्यक्रममा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि सामेल भएकि थिइन्। यस क्रममा उनले जुहेर मुरादले डिजाइन गरेको स्ट्रेपलेस व्हाइट गाउन लगाएकि थिइन्। कारपेटमा उनले सबैलाई हात जोडेर नमस्कार गरिन्। पहिलो पटक ओस्कार पुगेकि प्रियंकाले लीव स्क्रिबरसँगै बेस्ट एडिटिंगको अवार्ड  'मेड मेक्स- फ्यूरी' रोडलाई प्रदान गरेकि छिन्।
 
ओस्कर विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको छ । हेरौ ओस्कार अवार्ड जित्ने चलचित्र, अभिनेता र अभिनेत्रीको सुची 
 
सर्वोत्कृष्ट चलचित्र : स्पटलाइट
उत्कृष्ट निर्देशक : एलेजान्ड्रो गोन्जालेज इनारितु (द रेवेनान्ट)
सर्वोत्कृष्ट अभिनेता : लियोनार्डो डिक्याप्रियो (द रेवेनान्ट)
सर्वोत्कृष्ट अभिनेत्री : ब्री लार्सन (रुम)
सर्वोत्कृष्ट सहअभिनेता : मार्क रायलन्स (ब्रिज अफ स्पाइस)
सर्वोत्कृष्ट सहअभिनेत्री : एलिसिए विकान्डेर (द डेनिस गर्ल)
सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : स्टटरा
सर्वोत्कृष्ट ओरिजिलन स्कोर : द हेटफुल एट
सर्वोत्कृष्ट ओरिजिनल सङ : राइटिङग्स अन द वाल (स्पेक्टर)
सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : स्पटलाइट
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले : द विब सर्ट
सर्वोत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट कस्ट्युम डिजाइन : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट सिनेम्याटोग्राफी : द रेभेनान्ट
सर्वोत्कृष्ट साउण्ड एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट साउण्ड मिक्सिङ : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट फिल्म एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
सर्वोत्कृष्ट भिजुअल इफेक्टस : एक्स माकिना
सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : बिएर स्टोरी
सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : इनसाइड आउट
सर्वोत्कृष्ट डकुमेन्ट्री (फिचर) : एमी
सर्वोत्कृष्ट डकुमेन्ट्री (छोटो विषय) : अ गर्ल इन द रिभर–द प्राइस अफ फरगिभनेस
सर्वोत्कृष्ट फरेन ल्यांग्वेज फल्मि : सन अफ सउल (हंगेरी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ