arrow

चीनको ५६ हजार स्क्रीनमा रिलीज हुदैछ अक्षय-रजनीकान्तको चलचित्र

logo
प्रकाशित २०७५ मंसिर २० बिहिबार
2.0_Poster_DN_750_.jpg

काठमाडौं । अक्षय कुमार र रजनीकान्तको चलचित्र २.० चीनमा रिलीज हुने भएको छ । चलचित्र २०१९ मा चीनको  ५६ हजार स्क्रीन्समा  सबटाइटल्ससहित रिलीज हुदैछ । चलचित्र प्रोड्यूस गर्ने लाइका प्रोडक्शनले सामाजिक सञ्जाल ट्विटरमा  ट्वीट गर्दै सो जानकारी दिएको छ ।  चलचित्रले अहिलेसम्म ६ दिनमा कुल ४८८ करोड वर्ल्ड वाइड कमाई गरेको छ ।

चलचित्र २.०  ४७ हजार थ्रीडी स्क्रीन्समा देखाइनेछ । चीनको सबैभन्दा चर्चित प्रोडक्शन र डिस्ट्रीब्यूशन हाउस एचवाय मीडियाले चलचित्रलाई रिलिज गर्नेछ । यसको लागि एचवाय हलिउडका  सोनी, यूनिभर्सल, वार्नर ब्रदर्स, ट्वान्टि सेन्चुरी फोक्स र डिजनीसँग मिलेर रिलीज गर्नेछ ।

२.० लाई चीनमा १० हजार थिएटरको ५६ हजार स्क्रीन्समा रिलीज गरिनेछ । यी मध्ये ४७ हजार स्क्रीन्स थ्रीडी हुनेछन् । चलचित्रले भारतमा तीन भाषामा रिलीज भएको छ । जसमा ६ दिनको कलेक्शन ३६७ रहेको छ भने ओवरसीजमा १२१ करोड रहेको छ ।

चलचित्र हिन्दी भर्जनमा १२२.५०  करोड कमाई गरेको छ । यो अक्षय कुमारको १०औँ चलचित्र हो जसले १ सय करोड भन्दा ज्यादा कमाइ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ