arrow

निर्मलाको न्यायका लागि मानव साङ्लो बनाइयो

विद्यार्थी यूनिफममै सहभागी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
nirmala-naya.jpg

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै महेन्द्रनगरमा मानव साँङलो बनार्ईको छ । नागरिक संघर्ष समितिको अगुवाईमा बिहीबार मानव साँङलो बनाईएको हो ।

संघर्ष समितिको पुर्व घोषित कार्यक्रम अनुसार प्रशासनलाई घेर्ने गरेर तरिकाले मानव साँङलो बनाएका थिए । नागरिक संघर्ष समितिका सदस्य एव अधिकारकर्मी निर्मला भट्ट जोशीले दिउँसो १ बजेदेखि मानव साँङलो बनाईएको बताए । उनका अनुसार महेन्द्रनगरका सरकारी तथा गैर सरकारी विद्यालयका विद्यार्थी युनिफर्ममै आएका थिए । विद्यार्थीको उल्लेख्य उपस्थिति भएकोले केहीसमयपछि मानव साँङलो भङ्ग भएको थियो ।
 
विद्यार्थीले छुट्टाछुट्टै रुपमा बजारमा साँङलो तोडेर नाराबाजी गरेका थिए । निर्मलाको न्यायका लागि भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । निर्मला अध्ययनरत सरस्वती मावि, भृकुटी मावि, लिटिलबुद्ध, आईसिएच, आर्दश, ईन्टरनेशनल लगायतका विद्यार्थीसहित केही शिक्षक पनि सहभागि भएका थिए । निर्मलाका दिदी मसिना पन्त सहितका विद्यार्थी सहभागि भएका थिए । साङलो भनेर विद्यार्थी सहभागिता गराएको बताउदै सरस्वती र ईन्टरनेशनलका शिक्षकले छिनमै विद्यार्थी फिर्ता गरेका थिए ।

 नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले विद्यार्थी आक्र्रोसित भएर सहभागि भएको बताए । उनले भिडभाँड बढि भएकाले आन्दोलन नेतृत्व बाहिर गएकाले बताए । न्यायका लागि सबै विद्यार्थी जागरुक भएको उनको भनाई थियो । नागरिक संघर्ष समितिले न्याय नपाईन्जेल आन्दोलन जारी राख्ने जनाएका छन् ।

 आन्दोलनमा विद्यार्थी र विद्यार्थी नेताको उल्लेख्य सहभागिता रहेको थियो । भने अधिकारकर्मी समेत सहभागि भएका थिए । यसैविच निर्मलाका अभिभावकले दिएको धर्ना स्थलमा प्रदेश सासदले समेत साथ दिएका छन् । प्रदेश सभा सदस्यद्वय डा.रन बहादुर रावल र उमादेवी वादीले एेक्यबद्धता जाहेर गरेका छन् । उनीहरुले निर्मलाको न्यायका लागि पहल गर्ने आवश्वासन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ