arrow

दूराचारको आरोपमा मिका सिंह पक्राउ

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
mikasingh.jpg.jpeg

काठमाडौं । यौन दूराचारको आरोपमा बलिउडका चर्चित गायक मिका सिंह पक्राउ परेका छन् । एक किशोरीले यौन शोषणको आरोप लगाएपछि दुबई प्रहरीले युएईको अबुधाबीमा हिरासतमा लिएको हो । 

ब्राजिलकी एक १७ वर्षीया एक किशोरीले मिकालाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो । 

मिकाले हिन्दी फिल्ममा ब्लकबस्टर गीत दिएका छन् । उनी पहिलो पटक अर्की बलिउडकी चुलबुले डान्सर राखी सावन्तलाई राखीको बर्थडे पार्टीमा किस गरेपछि एकाएक यौन मामलामा बदनाम भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ