arrow

बलिउड स्टारका घरको मुल्य आकाश छुने, कुन स्टारको घरको मुल्य कति ?

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
house.JPG

काठमाडौं । बलिउड स्टारको जीवनशैली बारे सबैको चासो हुन्छ । कलाकारको जस्तो लत्ताकपडा, गाडिघोडा, खानपिन,  रहनसहन हरेक आम मानिसको चाहना हुन्छ । प्राय स्टार यसको  शौखीन पनि हुन्छन् । उनिहरु आफ्नो जीवनशैली राजकीय बनाउन हर संभव कोशिश गर्ने गरेका छन् ।

कलाकारहरुको घर कस्तो होला ? भन्ने जिज्ञासा फ्यानहरुको मनमा हुन्छ । केही मानिसहरु उनीहरुको घर एकपटक मात्र भए पनि हेर्न चाहन्छन् ।  हेरौ घर बनाउन धेरै पैसा खर्च गरेका बलिउड स्टारको महंगा घर छ।


सैफ अली खान र करीना कपुरको जति जोडि सुन्दर छ ।  त्यतिनै उनिहरुको पटौदी प्यालेस पनि सुन्दर छ ।   सैफ अभिनेताका साथै राज परिवारका सन्तान हुन् । उनि  पटौदी विरासतका १० औ राजा हुन् । कुनै समय सो प्यालेसमा १५० भन्दा ज्यादा कोठा र १०० भन्दा ज्यादा नोकर चाकर हुन्थिए । प्यालेसको एन्टेरियर निकै स्टाइलिस रहेको छ । यो प्यालेस बनाउन १९.२ करोड नेपाली रुपैयाँ भन्दा ज्यादा खर्च भएको बताइन्छ ।

सुपरस्टार सलमान खानको बान्द्रास्थित घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ २५.६ करोड नेपाली रुपैयाँमा बनेको हो । बलिउड अभिनेता सलमान खान अहिले बान्द्राको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । सलमानको स परिवार  ४० वर्षदेखि ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन्  । उनको घरमा चलचित्र बजरंगी भाइजानको केही हिस्सा सुटिङ गरिएको थियो ।

जोन अब्राहमको घर  पेन्टहाउस ९६ करोड नेपाली रुपैयाँमा बनेको हो ।

मिस्टर पर्फेक्शनिस्टले परिचित आमिर खान पाली हिल बान्द्रा स्थित बेला विस्टा अपर्टमेन्छमा स परिवार बस्ने गर्छन् । उनको बेला विज्टा अपार्टमेन्टको मुल्य ९६ करोड नेपाली रुपैयाँ रहेको बताएको छ ।

बलिउडका ख‍ेलाडि अक्षय कुमार मुम्बईको जुहू बीचमा १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बंगलामा बस्छन् । यो बहुमज‍िला घर अक्षय कुमारलाई मनपर्छ। यो बंगला निकै आकर्षक रहेको छ । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमति र अभ‍िनेत्री ट्व‍िंकल खन्‍नाले गरेकी हुन् ।

बलिउड महानायक अमिताभ बच्चनको मुम्बइको जुहु इलाकामा ३ बटा भव्य घर रहेका छन् । जसको नाम प्रतिक्षा जलसा र जनक रहेका छन् । जस मध्ये प्रतीक्षाको मुल्य १२८ करोड नेपाली रुपैयाँ रहेको छ ।

बलिउडको अभिनेत्री शिल्पा शेट्टीलाई लग्जरी लाइफ बिताउनेमा पर्छिन् । लण्डनमा उनको र श्रीमान् राज कुन्द्राको भिल्ला रहेको छ जसको मुल्य १६० करोड नेपाली रुपैयाँ भन्दा ज्यादा रहेको छ । उनिहरुको मुंबईमा पनि किनारा हाउस रहेको छ जसको मुल्य पनि १ सय ६० करोड नेपाली रुपैयाँ रहेको जनाइएको छ ।

 

बलिउड किङ्ग शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म  समुन्द्रको दृश्यपान गर्न सकिन्छ । पारसी परिवारले बनाएको उक्त घर शाहरुखले  ३२० करोड नेपाली रुपैयाँमा किनेका थिए ।  शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको छ र शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ