arrow

अस्ट्रेलियाको महोत्सबमा नेपालको सगरमाथा र बुद्धबारे जानाकारी

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
Group-photo-with-ministers-and-MP.jpg.jpeg
अस्ट्रेलिया (जिलोङ)। बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपालको प्रर्वधन गरिएको छ।  आयोजक पाको फेस्टाले जनाए अनुसार डाभर्सिटाटसंग आबद्ध भएका करीब १०० जातीय संस्थाका एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै कार्यक्रम आयोजना गरिएको गरियो। ४० औं बार्षिकी भब्यताका साथ मनाउदा नेपालीले भने चौथो पटक सहभागिता जनाइ नेपाल प्रवर्धनमा टेवा पुर्याएको बताइएको छ।
 
परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर  र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा नेपाललाई चिनाइयो। नेपालीहरुको समूहमा बिदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एबं नागरिक जिम्मेवारी बहन गर्नु भएका मन्त्री रविन स्कट र पर्यटन जिम्मेवारी बोकेका मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिबिधीको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसंग नजिक रहेर काम गर्न रुचाएको बताए।
 
कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणमा धेरै बिदेशीको आकर्षण बनेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले न्रित्य प्रदर्शन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ