arrow

जमानी, जवानी र वेइमानीको संयोग जय श्रीदाम

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
jai-shree-daam.JPG

काठमाडौं । धर्मको नाममा धर्मकै बदनाम गर्नेहरुको कथालाई लिएर निर्माण भएको चलचित्र जय श्रीदामको ट्रेलर सार्वजनीक भएको छ । धर्मको आडमा विकृतिको जड बनेका धर्मभीरुहरुलाई नै बार्गेनिङ गर्ने युवाको कथा समेत जय श्रीदाममा समेटिएको छ ।

जय श्रीदाममा निर्देशक विप्लव उप्रेतीले जमानी, जवानी र वेइमानीको संयोग राम्रोसँग उजागर गरेका छन् । चलचित्रमा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेविका कार्की र बिष्णु सापकोटा लगायतको मुख्य भुमिका रहेको छ।  ट्रेलरको सुरुवातमै प्रस्तुत गरिएको नायिका कार्कीको भुमिका चलचित्रमा महत्वपुर्ण मानिएको छ ।    

ग्रामिण परिवेशमा युवा युवतीको माया प्रेम सम्बन्ध र त्यसपछि उत्पन्न जटिल परिस्थितिलाई समेत लयात्मक ढंगले निर्देशक उप्रेतीले प्रस्तुत गरेका छन् । जुन कुरा दृश्य मार्फत चलचित्रका डाइरेक्टर अफ फोटोग्राफि रबिन आचार्यले उनेका छन् ।  

भारतमा यौनकाण्डमा मुसिएका बाबा राम रहिमको कथासँग मिल्दो जुल्दो देखिने विषयबस्तु समेत जय श्रीदाममा समेटिएको छ । जय श्रीरामसँग मिल्दो जुल्दो शीर्षकका कारण धार्मीक दृष्टिले बिवादमा पर्ने खतरा देखिए पनि चलचित्र पुर्ण मरोञ्जनमुलक सामाजिक विषयबस्तुमा आधारीत रहेको निर्माण पक्षको दाबी छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ