- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक भारतीयले गुगलको जागीर छोडेर समोसा बेच्न थालेका छन् । मुम्बईमा बस्ने मुनाफ कापडियाले गुगलको जागीर छोडेर समोसा बेच्ने गरेका हुन् । मुनाफले यो निर्णय कुनै दवावमा नभएर आफ्नो इच्छाले लिएका हुन् । अब उनको बर्षिक कमई डिग्री सकेका मानिसहरुको भन्दा ज्यादा रहेको छ ।
समोसा चटनी बेच्ने मुनाफको यो कदमले मानिसको सोचमा परिवर्तन ल्याउने काम गरेको छ । मुनाफले समोसा कुनै ठेला बा साइकलमा बेच्दैनन् । उनको समोसा फाइभ स्टार होटलमा बेचिन्छ । उनले बनाएको समोसा खाएर औला चाट्नेमा बलिउडका कयौ दिग्गजको अभिनेताहरु पनि रहेका छन् ।
मुनाफ 'द बोहरी किचन' नाम गरेको रेस्टुरेन्ट चलाउछन् । एमबीएको पढाई पुरा गरेपछि मुनाफले गुगलमा जागीर शुरू गरे , त्यहि उनलाई रेस्टुरेन्टको आइडिया आयो । उनि आमासँग मिलेर अफ्नो फुड बिजनेस शुरू गरे । त्यसपछि विस्तारै अर्डर आउन थाल्यो र कारोबार बढ्दै गयो । जब उनलाई लाग्यो अब आफ्नो कारोबारमा पूरा समय दिनुपर्छ भन्ने तब उनले गुगलको जागीर छेडेर आफ्नो पुरा समय किचेनमा बिताउन थाले ।
उनका अनुसार उनको आमाको कौशल हेरेर उनले यो निर्णय लिएका हुन् । मुनाफको मटन समोसा विश्वभर प्रख्यात छ , मटन समोसाका साथै उनको किचनको कबाब र अन्डा करी पनि निकै मन पराइन्छ ।
फोर्ब्सको अण्डर ३० अचीवर्सको सुचीमा मुनाफको नाम रहेको छ । दुई बर्ष पहिले शुरु गरिएको यो इनेभेटिभ आइडियाको कारणले मुनाफ बर्षको पचाँस लाख भन्दा ज्यादा कमाउदैछन् । मुनाफ पैसा मात्र नभएर नाम पनि कमाइ रहेका छन् । मुनाफले आगामि बर्ष ३ करोडसम्मको कारोबार गर्ने लक्ष लिएका छन् ।