arrow

सुजाता कोइरालाको प्यानल सहितको उमेदवारी घोषणा फागुन १९ मा

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
sujata-koirala-rukum.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिंदै जाँदा उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले महाविधेशन उद्घाटनको अघिल्लो दिन फागुन १९ गते सभापति सहित आफ्नो समुहको उमेदवारीमा औपचारिक घोषणा गदैछिन् । 
उनले आफू लाई माइनस गर्न खोजिएको भन्दै सभापतिमा उमेदवारी दिने बताउँदै आएकीछन् । उनले आफ्नो समुहबाट महामन्त्री र कोषाध्यक्षमा समेत उमेदवारी दिने तयारी गरेको स्रोतले बतायो । 
 
स्रोतका अनुसार उनले आफ्नो समूहको नामावली तयार पारिसकेकी छन् । केही तयारी नपुगेको भन्दै उनले आफ्नो समूहको नाम तत्काल सार्वजनिक नगरिएको बताएकी छन् । पदाधिकारीहरुको तयारी गरेपनि केन्द्रीय सदस्यहरुको टिम बनाउने नबनाउनेबारेमा उनी अझै निर्णयमा नपुगेको बताइएको छ । कोइराला निकट स्रोतका अनुसार सभापतिमा आफूले उमेदवार दिएपनि संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको टिम बनाउँदा संस्थापनकै धेरै उमेदवार पराजित हुने आशंका पछि उनले आफू निकटकासँगको परामर्श पछि आफ्नो केन्द्रीय सदस्यहरुको टिम नबनाएकी हुन् । यद्धपि चुनावी मैदानमा खडा भएका आफू निकटकाहरुलाई समर्थन र सहयोग गर्ने लिष्ट भने तयार गर्दै गरेको बुझिएको छ । यसअघी उनले काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर उमेद्वारी घोषणा गरेकी थिइन। 
 
पार्टी भित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाईन भईरहेको भन्दै आफू र काँग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको उनले आफ्नो पत्रकार सम्मेलनमा बताईन। उनले भनिन,‘त्यसबाट काँग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ। मेरो उम्मेदवारीले समस्या हल गर्छ।’
 
कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे यूवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान विर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिईन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ