arrow

गुगलको जागीरबाट राजीनामा दिएर समोसा बेच्दै

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
samosa-shop.jpg

काठमाडौं  । गुगलको जागीर छोडेर  मुनाफ कापडिया समोसा बेच्न थालेका छन् । कापडियाले गुगलको जागीरबाट राजीनामा दिएर समोसा बेच्न थालेका हुन् ।  मुनाफले यो निर्णय कुनै दवावमा नभएर आफ्नो इच्छाले लिएका हुन् । अब उनको बार्षिक कमई डिग्री सकेका मानिसहरुको भन्दा ज्यादा रहेको छ ।  

समोसा चटनी बेच्ने मुनाफको यो कदमले मानिसको सोचमा परिवर्तन ल्याउने काम गरेको छ ।  मुनाफले समोसा कुनै ठेला बा साइकलमा बेच्दैनन् । उनको समोसा फाइभ स्टार होटलमा बेचिन्छ । उनले बनाएको समोसा खाएर औला चाट्नेमा बलिउडका कयौ दिग्गजको अभिनेताहरु पनि रहेका छन् ।  

मुनाफ 'द बोहरी किचन' नाम गरेको रेस्टुरेन्ट चलाउछन् । एमबीएको पढाई पुरा गरेपछि मुनाफले गुगलमा जागीर शुरू गरे , त्यहि उनलाई रेस्टुरेन्टको आइडिया आयो । उनि आमासँग मिलेर  अफ्नो  फुड बिजनेस शुरू गरे । त्यसपछि विस्तारै अर्डर आउन थाल्यो र  कारोबार बढ्दै गयो । जब उनलाई  लाग्यो अब आफ्नो कारोबारमा पूरा समय दिनुपर्छ भन्ने तब उनले गुगलको  जागीर छेडेर आफ्नो पुरा समय किचेनमा बिताउन थाले ।

 उनका अनुसार उनको आमाको कौशल हेरेर उनले यो निर्णय लिएका हुन्  । मुनाफको मटन समोसा विश्वभर प्रख्यात छ , मटन समोसाका साथै उनको किचनको कबाब र अन्डा करी पनि निकै मन पराइन्छ ।

फोर्ब्‍सको  अण्डर ३० अचीवर्सको सुचीमा मुनाफको नाम रहेको छ । दुई बर्ष अघि शुरु गरिएको यो इनेभेटिभ आइडियाको कारणले मुनाफ बर्षको पचाँस लाख भन्दा ज्यादा कमाउदैछन् । मुम्बईका मुनाफले पैसा मात्र नभएर नाम पनि कमाइ रहेका छन् ।  मुनाफले आगामि बर्ष ३ करोडसम्मको कारोबार गर्ने लक्ष लिएका छन् । उनि भारतका नागरिक हुन् ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ