arrow

नविनाले हतार हतारमा भनिन्ः मलाई विवाह गर्ने हतारो छैन

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
nabina-lama.jpg.jpeg
काठमाडौं। एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष नविना लामाको विवाहको चर्चा चलेपनि तत्काल विवाह गर्ने योजना नभएको बताएकी छन्। 
 
अध्यक्ष भएपछि सपथ ग्रहणको हतारोमा रहेकी लामाले हाम्राकुरासँग कुरा गर्दै आफू विवाहको हतारोमा नरहेको बताइन्। विवाह नगर्ने त होइन तर अहिले मलाई हतारो छैन, उनले भनिन्, अब पाँच छ महिनापछि सोच्नु पर्ला। 
 
लामो समयदेखि बानेश्वर क्याम्पसमा अध्ययन गर्ने क्रममा प्रविण श्रेष्ठसँग रहेको प्रेम सम्बन्धमा रहेकी लामाले केन्द्रीय समितिको पहिलो वैठकपछि मात्र विवाहको बारेमा केहि फुर्सद लिएर बल्ल सोच्ने बताइन। केही समय पछि मात्र विवाह गर्ने उनले बताएकी छन्। 
 
नविनाको विवाह हुने चर्चा भएको श्रेष्ठ २०६४ सालमा बानेश्वर क्याम्पसमा सभापतिको उमेदवार बनेका थिए। लामा अखिलको सचिवालय सदस्य हुँदा श्रेष्ठ वानेश्वर क्याम्पसको सभापतिको उमेदवार थिए। यद्धपि श्रेष्ठ पराजित भएका थिए । 
 
को  हुन् श्रष्ठ ? 
काभ्रे घर भएका श्रेष्ठ र लामाबीच बानेश्वर क्याम्पसमा अध्ययन गर्दा एक अर्का प्रति आकर्षण बढेको उनका समकक्षीहरु बताउँछन्। राजनीतिक रुपले लामा अगाडि भएपनि श्रेष्ठ पनि अखिलको राजनीतिमा सक्रिय थिए। उनी अखिलको केन्द्रीय सदस्य समेत भैसकेका हुन्। यद्धपि अहिले उनी राजनीतिमा त्यति सक्रिय छैनन्। श्रेष्ठ अहिले व्यापारमा सक्रिय छन्। 



नयाँ