arrow

भिडियोमा सुन्नुहोस् म‌ंगल ग्रहमा यसरी चल्छ हावा, गति कति ?

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
Mangal_hawa.jpg

काठमाडौं । बैज्ञानिकहरुले यो पत्ता लगाएका छन् कि मंगल ग्रहमा पनि हावा चल्छ । यो कुरा कुनै सानोतिनो बैज्ञानिक संस्थाले भनेको कुरा होईन । यो त नासाका इनसाइट ल्याण्डरले मंगल ग्रहमा हावाको आवाज रेकर्ड गरेको थियो । यो आवाजलार्इ हामीले नाशाको आधिकारिक वेभसाईटमा सुन्न सक्दछौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको इनसाइट ल्याण्डरले मंगल ग्रहमा हावाको हल्का गड्गडाहट सुनिने जनाएको छ । यो धर्तीको मान्छेले पहिलो पटक मंगल ग्रहमा हावाको आवाज सुन्न सकेको नासाले जनाएको छ । 

नासाले शुक्रबार यस बारेमा जानकारी दिएको हो । नासाको इनसाइट ल्याण्डरले मंगल ग्रहमाथि १० देखि १५ माईल प्रति घण्टाको दरमा ९पाँचदेखि सात मीटर प्रति सेकेण्ड० को हिसावमा चलिरहेको हावाको गतिलाई रेकर्ड गरेको थियो । नासाले यो ल्याण्डरलाई गत २६ नोभेम्बरमा मंगल ग्रहमा पठाएको थियो । इम्पीरियल कलेज लण्डनका प्रमुख खोजकर्ताले एक पत्रकार सम्मेलन गर्दै भने, 'सिस्मोमीटरबाट मिलेको यो शुरूवाती १५ मिनेटको  पहिलो डाटा हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ