arrow

चन्द्र भण्डारी भन्छन, ' काँग्रेस र देश आइसियुमा ' (भिडियो)

‘परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिन जरुरी’

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
chandra-bhandari.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै जाँदा नेतृत्व बहश पनि चर्किदै गएको छ। पुराना पुस्तादेखि नयाँ पुस्तासम्म नेतृत्व दौडमा लागि परेका छन्। 
 
यसैक्रममा नेपाली कांग्रेसको नेतृत्व दौडमा काँग्रेस भित्रको दोस्रो पुस्ताका नेता चन्द्र भण्डारी समेत रहेका छन्। भण्डारीले मुलुक, नेपालका राजनीतिक दल र कांग्रेस अहिले आइसीयुमा रहेको जनाउँदै यसलाई बचाउन युवा नेतृत्वको आवश्यकता रहेको औंल्याए। 
 
हाम्राकुरा डटकमसँग कुरा गर्दै नेता भण्डारीले कार्यकर्तालाई विरामीको संज्ञा दिदै मुलुकलाई निकास दिन नयाँ पुस्ता आवस्यक भएपनि अहिले पनि विरामीहरु पुरानै डाक्टरको पछि लाग्ने गरेको संकटपूर्ण अवस्था रहेको बताए। उनले हात हल्लाउने भएपनि पुरानै डाक्टरसँग गएर उपचार गराउन खोज्ने प्रवृतीले नयाँपन अझै आउने होकी हैन शंका रहेको बताचए। 
 
भण्डारीले पनि पुरानै डाक्टरको भरोसामा रहेको जनाउँ दिदै आसन्न महाधिवेशनमा पुरानै डाक्टरको प्रयोग गरेर नयाँ पुस्तालाई प्रवेश गराउनुपर्ने विकल्प बताए। यसबाट नयाँ पुस्ताको सोच स्थापित गर्न सकिने बताए। 
 
नेपाल प्राकृतिकरुपले सम्पन्न भएको भन्दै यसलाई नयाँ पुस्ताको नेतृत्वले मात्र सफल बनाउन मूर्तरुप दिन सक्ने उनले बताए। भण्डारीले परिवर्तनका कित्ताहरुमा उभिन चाँहनेहरु एक ठाउँमा उभिनुको विकल्प नभएको समेत उल्लेख गरे।
 
भण्डारीले हाम्राकुरा डटकम मार्फत आसन्न १३ औं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा समेत गरेका छन्। भण्डारीसँग गरिएको भिडियो कुराकानी हेर्न यहाँ जानुहोलाः 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ