arrow

श्रृङ्खला मिस वर्ल्डको उत्कृष्ट १२ मा सीमित 

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
srinkhala-khatiwada.JPG

काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्डको उत्कृष्ट १२ मा सीमित भएकी छिन् । पहिलो चरणमा प्रतियोगीबाट उत्कृष्ट १२मा पुगेकी उनी दोस्रो चरणमा १२ बाट माथि जान नसकेकी हुन् । दोस्रो चरणमा १२ मध्ये उत्कृष्ट ५ छानिन्छ ।

चीनको सान्यामा भइरहेको  ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितिसकेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। 

सेमीफाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् ।

ती प्रतियोगिताहरुमा ब्यूटी विद पर्पस, ट्यालेण्ट, स्पोर्टस् तथा मल्टिमिडिया पर्दछन् । ती मध्ये हेड टु हेड च्यालेञ्जबाट १० जना सेमीफाइनलका लागि छानिन्छन् । यस हिसाबले अहिले छानिएका २० मध्ये १० जनाले कम्तीमा एक जना प्रतियोगीलाई हराएपछि सेमी फाइनलको यात्रा तय गर्न सक्छन् । 

आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए। मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ