arrow

एकपछि अर्को समस्यामा हुवावे, प्रतिबन्धको तयारीमा जापान

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २२ शनिबार
Huawei-HQ.jpg

काठमाडौं । हुवावे कम्पनी अहिले चर्चामा छ । क्यानडाका अधिकारीहरूले अमेरिकाको सुरक्षा निकायको आग्रहमा हुवावेकी आर्थिक मामिलासम्बन्धी प्रमुख एवं हुवावेकी उपाध्यक्ष मङ्ग वान्जूलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिएका थिए । यद्यपि ढिला गरेर उसले जानकारी दिएको थियो । यससँगै हुवावे कम्पनीको विषयमा सतहमा आएको छ । 

हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरूको उल्लंघन गरेको हुनसक्ने भन्दै उसमाथि छानबिन चलिरहेको छ । यदि यो आरोपका पुष्टि भएको खण्डमा मङ्गलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । उनले छुट्टै कम्पनी स्थापना गरी इरानमा व्यापार विस्तार गरिरहेको आरोप लगाइएको छ । 

जापानले पनि चिनियाँ कम्पनीहरु हुवावे र जेटीईका उत्पादनहरुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारी प्रयोगका दूरसञ्चार सामग्रीहरुमा हुवावे तथा जेटीईको प्रयोगमा रोक लगाउने पक्षमा जापान रहेको हो । 

प्रतिबन्धको कारण 

हुवावेमाथि प्रतिबन्धको लागि जापानले साइबर आक्रमणको जोखिम रहेको बताएको छ । यद्यपि यो समाचार अहिलेसम्म सरकारले भने पुष्टि गरेको छैन । जापानी सञ्चारमाध्यमहरुले बताएअनुसार साइबर आक्रमणको जोखिम चिनियाँ कम्पनीहरुकोे उत्पादनमा देखिएको कारण उक्त कम्पनीहरुमाथि प्रतिबन्धको तयारी गरिएको हो । अमेरिकाले जापानलाई चिनियाँ कम्पनीमाथि प्रतिबन्धको लागि जापानसँग गरेको आग्रहअनुसार यो योजना आएको हो । 

अमेरिकाकै आग्रहमा नै क्यानडामा हुवावेकी अधिकारी पक्राउ परेकी हुन् । यस्तोमा अमेरिका जापानलाई पनि प्रयोग पार्दै हुवावेमाथि दबाब बढाउने पक्षमा रहेको छ । लामो समयदेखि नै हुवावेका उत्पादनहरुमा साइबर सुरक्षाको जोखिम रहेको भन्दै अमेरिकाले आलोचना गर्दै आइरहेको थियो । यस्तोमा चीन र अमेरिकाको सम्बन्धमा केही सुधार भएको बताइरहँदा यस किसिमको घटना सार्वजनिक भएको हो । 


कुन कुन देशमा प्रतिबन्धित छ हुवावे ?  

हुवावे कम्पनी पछिल्लो समय सुरक्षाको हिसाबमा जोखिम रहेको भन्दै विभिन्न मुलुकहरुमा कारबाही भोगिरहेको छ । यस्तैमा न्युजिल्याण्डले पनि ५जी सेवाको सामग्रीहरुको बिक्रीमा रोक लगाइसकेको छ । 

हुवावेलाई ५जी नेटवर्कका सामग्रीहरु बिक्रीमा रोक लगाउनेमा न्युजिल्याण्ड पहिलो मुलुक भने होइन । यसअघि अष्ट्रेलियाले पनि हुवावेमाथि रोक लगाउने निर्णय गरेको थियो । साथै क्यानडाले पनि हुवावेको सामग्रीहरुमा सुरक्षा जोखिमबारे अनुसन्धान अघि बढाउने निर्णय गरिसकेको छ । 

त्यसका साथै हुवावेमा रोक लगाउने अर्को मुलुक अमेरिका हो । महत्वपूर्ण कुरा के छ भने जुन मुलुकमा हुवावेमाथि प्रतिबन्धको तयारी गरिन्छ, सो मुलुकमा सुरक्षाको कारण पहिलो प्राथमिकतामा हुने गरेको छ । यसले पनि हुवावेका उत्पादनहरुमा केही न केही सुरक्षाको जोखिम पक्कै रहेको स्पष्ट हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ