काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनको निर्वाचनमा विद्युतिय मतदान नहुने भएको छ । प्राविधिक समस्याका कारण विद्युतिय मेसिन प्रयोग नहुने बताइएको छ । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिव प्रदीप पराजुलीका अनुसार प्राविधिक समस्याका कारण विद्युतिय मतदान नहुने भएको हो । विद्युतिय मतदान मेसिनमा उम्मेद्वारहरुको नाम अल्फावेटका आधारमा हुने भएकाले प्राविधि समस्या हुने केन्द्रीय समिति सदस्यहरुको धारणा छ । उनीहरुले झन्जट र भद्रगोल हुने भएकाले विद्युतिय मतदान नगर्न माग गरेका छन् ।