arrow

शाहिद कपुरको पेटमा क्यान्सर ! परिवारले जारी गर्‍यो प्रतिक्रिया

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
sahid1.jpg

काठमाडौं । बलिउड अभिनेता शाहिद कपुरको पेटमा क्यान्सर भएको समाचार केहि दिनदेखि बाहिरिएको छ । जस कारण शाहिदका फ्यान निराश बनेका छन् ।

सो बिषयमा उनको आफन्त र घरपरिवारले प्रतिक्रिया जारी गरेका छन् । शाहिदको परिवारका एक सदस्यले भारतीय टिभि एबीपी न्यूजलाई भने , ' पत्रकार जे पनि कसरी लेख्न सक्छन् । आखिर यो समाचारको आधार के हो?  यस प्रकारको अफवाह फैलाउन कसलाई जिम्मेवार ठहर्याउन सकिन्छ ।'

समाचार झूठो सावित गर्दै शाहिदकी म्यानेजर आकांक्षाले समाचारको खण्डन गरेकी छन् ।  आकांक्षाले भनिन्, 'जब शाहिदले सो समाचार बारे सुने तब हास्न थाले ।'

शाहिद कपुर पछिल्लो समय चलचित्र 'कबीर सिंह' को सुटिङमा रहेका छन् । जुन चलभित्र २०१९ मा रिलिज हुनेछ । चलचित्र सुपरहिट तेलुगु फिल्म 'अर्जुन रेड्डी' को हिन्दी रीमेक हो।

चलचित्र एक मेडिकल विद्यार्थीको बारेमा रहेको छ जसलाई आफुभन्दा कान्छि युवतीसँग माया हुन्छ । सो चलचित्रले तेलगु इन्डस्ट्रीमा निकै राम्रो रेकर्ड बनाएको थियो । चलचित्र एक ब्लकबस्टर बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ