arrow

क्युबामा बल्ल सुरु भयो सबैका लागि इन्टरनेट, श्रमिकको एक महिनाको तलबभन्दा बढी डाटा शुल्क

logo
प्रकाशित २०७५ मंसिर २३ आइतबार
cuba-internet-phone.jpg

काठमाडौं । अफ्रिकी मुलुक क्युबामा इन्टरनेट सुरु भएको छ । यो मुलुकमा पहिलोपटक सबै मानिसहरुका लागि थ्रीजी सेवा सुरु गरेको हो । क्युबाको टेलिकम एटेक्साले यो सेवा सुरु गरेको हो । यद्यपि यो मुलुकमा यसअघि पनि इन्टरनेटको सेवा थियो तर यहाँका सबै मानिसहरुले यसको प्रयोग भने गर्न पाउँदैनथे ।

क्युवामा इन्टरनेटको सेवा सुरु भएसँगै टेलिकम कम्पनीले आफ्नो डाटाको केही योजनाहरु पनि अघि सारेको छ । जसअनुसार एक महिनामा ३० डलरमा ४ जीबी मात्र थ्रीजी डाटा खरिद गर्न सकिन्छ ।

क्युबाको जनसंख्या एक करोड १२ लाख रहेको छ । यसमा केवल ५० लाख मानिसहरुमात्र मोबाइल फोनको प्रयोग गर्ने गर्छन् । यहाँका धेरैजसो मानिसहरु मजदूरी गरेर गुजारा गर्ने गर्छन् । प्रतिवेदनका अनुसार क्युबामा महिनाको औसत ज्याला पनि ३० डलर पाइन्छ । जसमा केही श्रमिकले भने त्यो भन्दा पनि कम पैसा पाउँछन् ।

यसअघि सन् २०१३ मा क्युवामा निकै महँगा होटलहरुमा मात्र इन्टरनेटको सुविधा रहेको थियो । सन् २०१७ मा इन्टरनेटका लागि मुलुकभर वाईफाई  र हटस्पोट तथा अन्य इन्टरनेटका क्याफेहरु सुरु भएका थिए । अहिले क्युबामा १२०० वाइफाइ हटस्पोटहरु रहेका छन् ।

जसको प्रयोग केवल २० लाख मानिसहरुले गर्दै आएका छन् । यहाँ ६७० इन्टरनेट क्याफे रहेका छन्, जहाँ १ घण्टा इन्टरनेट चलाएको एक डलर तिर्नुपर्ने हुन्छ । भारतको इन्टरनेटको रकमसँग तुलना गर्ने हो भने क्युबाको इन्टरनेटको शुल्क १७५ गुणा महँगो हुन्छ ।



नयाँ