arrow

अम्बानीको छोरीको विवाहमा सलमान खान 'ब्याकग्राउण्ड डान्सर'

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
salman-khans.jpg

काठमाडौं ।  भारतीय अर्वपति मुकेश अम्बानी र नीता अम्बानीको छोरी ईशा अम्बानीको विवाह पुर्वको समारोहमा देश-विदेशबाट चर्चित व्यक्तिहरु आउने क्रम जारी छ । सो पाहुनाको सुचीमा बलिउड -हलिउडका सेलिब्रिटीदेखि लिएर राजनेता पनि रहेका छन् । यसका साथै विवाह पुर्वको समारोहमा सबैले नाचेका छन् । सो पार्टी कयौ नृत्यका भिडियो सार्वजनीक भएका छन् । तर एक भिडियो भने सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो भाइरल भएको भिडियोमा सलमान खान रहेका छन् जो ब्याकग्राउण्ड डान्सरको रूपमा नृत्य गरिरहेका छन् । भिडियोमा अन्त अम्बानी , कोई मिल गया गीतमा नाचिरहेका छन् साथै सलमान पछाडि डान्स गरिरहेका छन् ।

आइतबार जोधपुर पुगेका रणवीर दीपिकाले पनि नृत्य गरेका छन् । साथै दीपिकाको एक भिडियो भने भाइरल भएको छ । दीपिकाको भिडियोमा चलचित्र 'लवयात्री' को गीत  'छोगाडा तारा' मा डीजेसँग डान्स गरेकी छन् । कार्यक्रम उदयपुर स्थित होटल उदयविलासमा  भएको हो  ।

नीता अम्बानीको आनन्द पीरामलसँग मुम्बईमा १२ डिसेम्बरमा विवाह गर्दैछन् । विवाहको प्रमुख अतिथि  तथा अम्बानी परिवारको पाहुना अमेरिकाकी पूर्व प्रथम महिला हि‍लारी क्ल‍िन्टन उदयपुर पुगेकी थिइन् ।

साथै सेरेमोनीमा सहभागि हुन बलिउडका कयौ चर्चित कलाकार उदयपुर पुगेका थिए ।  वरुण धवन, आलिया भट्ट, बोनी कपूर, जाह्नवी कपूर, विद्या बालन, अनिल कपूर, सिद्धार्थ राय कपूर, करण जौहर, जया बच्चन जस्ता सेलेब्रिटी उदयपुर पुगेका थिए ।

ईशा र आनन्दको इन्गेजमेन्ट सेप्टेम्बर इटलीको लेक कोमोमा भएको थियो । त्यसमा करिब ६ सय अतिथी समावेश थिए । विवाहमा हजार पाहुना आउने अनुमान गरिएको छ ।

आनन्द पीरामल ग्रुपका मालिक अजय पीरामलका छोरा हुन् । आनन्द आफ्ना पिताको कम्पनीको कार्यकारी निर्देशक हुन् । ईशा र आनन्द लामो समयदेखि एकअर्काका साथी थिए । यसका साथै अम्बानी र पीरामल परिवारबीच पनि करिब चार दशकदेखि गहिरो सम्बन्ध रहँदै आएको छ ।

उक्त व्यवसायमा जोडिनुअघि आनन्दले पीरामल ई हेल्थ नामको एक स्टार्टअपको सुरुवात गरेका थिए । जसले अहिले चालिस हजार बढी रोगीको उपचार गरिरहेको छ । आनन्दले पेन्सिलभेनिया युनिभर्सिटीबाट अर्थशास्त्र पढेका थिए । साथै हार्वर्ड विजनेस स्कुलबाट एमबीए गरेका छन् । आनन्द इन्डियन मर्चेन्ट चेम्बरका योगस्टार अध्यक्ष हुन् ।

भने इशा रिलायन्स जिओको जिम्मेवारी सम्हाल्छिन् । उनी रिलायन्सको टेलिकम र रिटेल कम्पनीकी निर्देशक हुन् । यसका साथै ईशाले अजिओ नामको एक अनलाइन फेसन रिटेलर ब्रान्ड पनि लन्च गरेकी छिन् । जुनमा ईशाले स्टैण्डफोर्डको ग्राजुएट स्कुल अफ बिजनेसबाट बिजनेस एडमिनिस्ट्रेशन प्रोगाममा मास्टर्स गरेकी छिन् । पढाईका साथ ईशा खेलमा रुची राख्छिन् । उनी स्कुलमा फुटबल टिमकी सदस्य थिइन् ।  ईशा एक पियानो आर्टिस्ट पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ