arrow

६० वर्षको उमेरमा क्यान्सर, विना उपचार १०२ वर्षसम्म बाँचे यी व्यक्ति

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
cancer-bin.JPG

काठमाडौं । क्यान्सर प्रणघातक रोग हो । यो रोगबाट पार पाउने केही भाग्यमानी मानिसहरु मात्र हुन्छन् । यद्यपि संसारमा यस्ता पनि मानिस छन् जसलाई बुढेसकालमा यो रोग लागेर पनि ५ दशक बाँचेका थिए ।
 
यो कहानी स्टेमेटिसको हो । सन् १९४३ मा उनी एक सिपाही थिए । युद्धको क्रममा घाइते भएका थिए । उपचारका लागि उनी अमेरिका गएका थिए । त्यहाँ रहँदा ग्रिक–अमेरिकन महिलासँग प्रेम भएको थियो । दुवैका तीन बच्चा पनि भएका थिए । सन् १९७६ मा भने उनलाई सास फेर्न असजिलो भएको थियो । यस क्रममा परीक्षण गर्दा उनलाई क्यान्सर भएको बताइएको थियो ।

डक्टरले उनलाई केही महिनामात्र बाँच्नसक्ने बताएका थिए । उनले एकपछि अर्को गर्दै ९ जना डक्टरहरुसँग सम्पर्क गरेका थिए । सबैले उनलाई ९ महिनासम्म मात्र बाँच्ने बताएका थिए । उनलाई किमोथेरापीको लागि सल्लाह दिइएको थियो तर उनले अस्वीकार गरेका थिए ।
त्यसपछि उनले आफ्नो जन्मस्थलमा फर्किने निर्णय गरेका थिए । यो निर्णयले उनलाई नयाँ जीन्दगी दियो । त्यो पनि ५ दशकको । उनले आफ्नो जन्मस्थलमा फर्केर आफ्नो बालापनको जस्तै काम सुरु गरेका थिए ।

उनलाई आफ्नो जन्मस्थलमा राम्रो वातावरण पनि मिलेको थियो । बिस्तारै उनको अवस्था पनि ठिक हुँदै गयो । ९ महिनापछिको ६ महिना पनि बित्यो, उनलाई केही भएन । यसरी बिस्तारै बिस्तारै समय बित्दै गयो तर उनी ठिकठाक देखिन्थे । उनी १०२ वर्षसम्म बाँचेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ