arrow

कपिलको विवाहमा बलिउडका दुई स्टारलाई मात्र निम्तो

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
Cover-Kapil-Sharma.jpg

काठमाडौं । पछिल्लो केही समययता भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ । उनको विवाहको निमन्त्रणा कार्ड, भेन्युलगायतका कुराहरुको चर्चा जारी छ ।  उनको विवाहको महत्वपूर्ण पक्ष के छ भने उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ ।

अमिताभ बच्चनसँग कपिल शर्माको निकै राम्रो सम्बन्ध रहेको छ । केही समयअघि मात्र पनि कौन बनेगा करोडपतिमा कपिल शर्मा पुगेका थिए ।  कपिल शर्माले निमन्त्रणा पठाएका अर्का कलाकार शलमान खान हुन् । उनी पनि विवाहको दिन व्यस्त भए पनि उनको विवाहमा सहभागी हुन चाहने भएकाले समय मिलाउनका लागि आफ्नो टोलीलाई आग्रह गरेका छन् ।

डिसेम्बर १२ मा कपिल शर्माको प्रेमिका गिन्नी चतरथसँग विवाह हुन गइरहेको छ । १० डिसेम्बरदेखि उनको विवाहको उत्सव सुरु हुनेछ । १४ डिसेम्बरमा अमृतसारमा उनीहरुको विवाहपछिको भेटघाटको कार्यक्रम रहेको छ ।  डिसेम्बरको अन्तिममा बलिउडका हस्तीहरुका लागि कपिल शर्माले विवाहको भेट दिने कार्यक्रम राखेका छन् । यद्यपि अझैसम्म त्यसको मिति भने तय भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ