arrow

यस्तो परिवार जसको तीन पुस्ताले ६ दशकसम्म उडाइरहेछन् जहाज

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
pilot-record.png

काठमाडौं ।  एकै परिवारमा इन्जीनियर, डाक्टर, राजनीतिज्ञ वा कलाकार त सुनेकै कुरा हो तर परिवारका सबै सदस्य विमान चालक हुनु अचम्म  लाग्न सक्छ । यो परिवारको तीन पुस्त देखि पाइलट बन्दै आएका छन् । हजुरबुबा देखि लिएर नाती- नातिना र उनका सबै सन्तान विमान चालक छन् । पाइलटको कपडा यो परिवारको पहिचान बनेको छ । उनीहरूको रगतमा-रगतमा विमान चलाउने विशेषता रहेको   विश्वास गरिन्छ ।

भासीन नामको यो परिवार ६ दशक देखि यहि पेशामा रहेका छन् । सबै भन्दा पहिले यो परिवारबाट पाइलटको यात्रा सन् १९५४ देखि शुरू गरिएको हो । सबैभन्दा पहिलो क्याप्टेन जयदेवले  इन्डियन एयरलाइन्समा काम गर्ने निर्णय गरेका थिए । त्यसपछि उनका छोरा रोहित एयर इन्डियामा काम गरे । रोहितको विवाह निवेदिता जैनसँग भयो जो पाइलट थिइन् ।  

२६ बर्षको उमेरमै निवेदिता संसारकै सबैभन्दा कम उमेरमा जेट उडाउने पहिलो महिला क्याप्टेन बनेकी थिइन् । तीन दशक भन्दा ज्यादा उडान अनुभव रखेकी निवेद‍िताका अनुसार उनि  ६,७  बर्षको उमेरदेखि नै उडान भर्न आकर्षित थिइन् ।  निवेदिता जब इन्डियन एयरलाइन्सको पाइलट बनिन् तब उनको उमेर २० बर्षको मात्र थियो । ३३ बर्षको उमेरमा उनि संसारको सबैभन्दा ठुलो  हवाई जहाज 'एयरबस - ३००' को कमान्डर बनिन् ।

अहिले उनको छोरा रोहन 'कमान्डर बोइङ्‍ग ७७७'  चलाउछन् । उनले विगत १० बर्षदेखि  एयर इन्डियामा सेवा गर्दै आएका छन् । त्यस्तै निवेदिताकी २६ बर्षीया छोरी निहारिका इन्डिगोमा पाइलट छिन् ।

यो परिवारले सबै पाइलट भएर आफैमा एक फरक रेकर्ड बनाएको  छ । सो परिवारले विरासतमा पाएको यो धरोहरलाई अघि लिएर जाने मान्यता राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ