arrow

अनुसन्धानको दाबी – पूजापाठ गर्ने मानिसको स्वास्थ्य राम्रो

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
Goddess_Durga.jpg

काठमाडौं । एक अनुसन्धानले पूजापाठ गर्ने मानिसहरुको स्वास्थ्य राम्रो हुने बताएको छ । वोन्डरविल्ट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अनुसन्धानमा चर्च, मन्दिर र मस्जिद जाने मकानिसहरुमा तनाव निकै कम हुने दाबी गरिएको छ ।
 
यस्तोमा पूजापाठ गर्ने मानिसहरुले शारीरिकरुपमा स्वस्थ रहनुका साथै दीर्घायु हुने सम्भावना बढी हुन्छ । शोधकर्ताहरुले ४० देखि ६५ वर्ष उमेरका मानिसहरुमा गरिएको अनुसन्धानमा यस्तो पाइएको हो । यस्तोमा उनीहरुमा मृत्युको खतरा ५५ प्रतिशत कम थियो ।

अनुसन्धानमा सहभागी शोधकर्ताहरुले मानिसको तनाव कम हुने स्थान नै मानिसको स्वास्थ्यको लागि राम्रो स्थान रहेको बताएका छन् । अनुसन्धानमा विभिन्न धर्मका ५४४९ मानिसहरु सहभागी गरिएको थियो ।

 अनुसन्धानमा जो मानिसहरु पूजापाठ गर्छन्, उनीहरुको रक्तचाप, कोलेस्ट्रोलको स्तर आस्थामा विश्वास नगर्ने मानिसहरुको तुलनामा नियन्त्रित थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ