arrow

६२ वर्षीया महिलाले जन्माइन् छोरा, कारण सुनेर भावुक भए डक्टर

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
mahila2.jpg

काठमाडौं । भारतको गुजरातमा मधुबेन गहलोत नाम गरेकी महिलाले ६२ वर्षको उमेरमा छोरा जन्माएकी छिन् । सन् २०१६ मा मधुबेन र उनका पति श्यामभाइ गहलोतले सडक दुर्घटनामा आफ्ना छोराबुहारीसहित परिवारका ९ सदस्य गुमाएका थिए । यसबाट विचलित भएका बाबुआमालाई २४ वर्षीया छोरी मनीषाले टेस्ट्युब पद्धतिबाट पुनः सन्तान सुख पाउने तरिका बताएकी थिइन् ।

मनीषा एक विद्यार्थी हुन् । उनले एकै परिवारका ९ जना मानिसहरुको ज्यान जाँदाको पीडा आफूले बुझेको र त्यसबाट पार पाउनका लागि आफूले यो उपाय सुझाएको बताएकी छिन् । २०१६ को नोभेम्बरमा भएको एक सडक दुर्घटनामा श्यामभाइले उक्त दुर्घटनामा २८ वर्षका छोरा, २६ वर्षकी बुहारी, नाति नातिना, ज्वाइँ र छोरीसहित ९ जना सदस्य गुमाएका थिए ।

सुरुमा यो पद्धतिको विषयमा कुरा गर्दा परिवारले समाजले के भन्ला भन्ने आशंका व्यक्त गरेका थिए । अन्तिममा उनीहरुले आफ्नो परिवारको राम्रो हुन्छ भने समाजले जेसुकै भनोस् भन्ने निर्णय गर्दै टेस्ट्युब पद्धतिको प्रयोगबाट छोरा जन्माएका हुन् ।

सुरुमा  डक्टरले पनि गहलोत दम्पत्तिको कुरा सुनेर आश्चर्य व्यक्त गरेका थिए । यद्यपि सबै कुरा बुझेपछि शतप्रतिशत प्रयास गर्ने बचन दिएका थिए । सामान्यतया ५० वर्ष पार भएका मानिसहरुमा भने यो पद्धति सफल हुने कुनै निश्चित हुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ