arrow

४८ मेगापिक्सलको क्यामेरा भएको पहिलो स्मार्टफोन सार्वजनिक 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २४ सोमबार
honor_V2o.jpg

काठमाडौं । हुवावेको सब–ब्राण्ड अनरले सोमबार हङकङको एक कार्यक्रममा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४८ मेगापिक्सलको रेयर क्यामेरा भएको अनर भी२० सार्वजनिक गरेको हो । 

यो स्मार्टफोन अनरभी १० को अपग्रेटेड भर्सन हो । कम्पनीले आगामी जनवरी २२ बाट यो स्मार्टफोन बजारमा  उपलब्ध हुने बताएको छ । यद्यपि अहिलेसम्म यसको मूल्यको विषयमा भने कुनै जानकारी दिइएको छैन । 

अनर भी२० मा इन स्क्रिन क्यामेराको प्रयोग भएको बताइएको छ । योस्मार्टफोनको अगाडि केवल डिस्प्ले मात्र देखिनेछ । यसका पछाडि ४८ मेगापिक्सलको सोनी आईएमएक्स५८६ क्यामेरा सेन्सरको प्रयोग गरिएको छ । कम्पनीले यसमा किरिन ९८० प्रोसेसरको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा जीपीयू टर्बो गेमिङ प्रविधिको पनि प्रयोग गरिएको छ । 

यो स्मार्टफोनको स्पिड पनि धेरै हुने बताइएको छ । यद्यपि अहिलेसम्म यो स्मार्टफोनको विषयमा पस्रै विवरण भने सार्वजनिक गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ