arrow

गणतन्त्रको बारेमा पुर्नविचार गर्न शशांकको जोड

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Sasank.gif.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता डा शशांका कोईराला नयाँ संविधानमा भएका कतिपय व्यवस्थाहरुमा पुर्नविचार गर्नु पर्ने पक्षमा देखिएका छन्। विविसीलाई दिएको अन्तर्वार्तामा उनले संविधानका कतिपय व्यवस्थालाई ग्रहण गर्न गाह्रो भएकाले पुर्नविचार गर्नु पर्ने धारणा राखेका हुन। भूराजनीति र राष्ट्रियताको विषयमा निकै जोड दिदै शशांकले मुलुकको वास्तविकता र ऐतिहासिकतालाई भुल्न नहुनेतर्फ ध्यानाकर्षण गराएका छन्। 
 
संविधानमा नसमेटिएका पक्षलाई पनि समेट्नु पर्ने बताएका उनले घुमाउरो तरिकाले राजसंस्थाको भावनालाई पनि संगै लैजानु पर्नेमा जोड दिए। उनको भनाईमा राजासहितको राष्ट्रियता नेपालको ऐतिहासिकता हो भने छिमेकि मुलुक नेपालको वास्तविकता हो। भुराजनीतिक पक्षलाई वेवास्ता गर्न नहुने आशय सहित उनले भारतको भावनालाई पनि संवोधन गर्नुपर्नेमा जोड दिए। भुराजनीतिक अवस्थाप्रति नेपाल जिम्मेवार हुनु पर्ने शशांकको धारणा छ।
 
२०४६ सालको आन्दोलनको उपलव्धी र ०६२-६३को आन्दोलनका उपलव्धीहरुको समेत आलोचना गर्ने शशांकको अभिव्यक्तिको आलोचनात्मक टिप्पणी शुरु हुन थालेको छ। कतिपय परिवर्तन नरुचाएकाहरुले भने उनको अभिव्यक्तिको प्रशंसा पनि गरेका छन्।



नयाँ